(Wednesday 28th of October 2026)
`

जातीय विभेदले निम्त्याएको घटना : ‘दुलही लिन गएको छोराको शव आयो’

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    जाजरकोट, १३ जेठ । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गए । तर, नवराजले न त घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । केटीतिरका मान्छेहरुको आक्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो । अन्य तीनजना सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

    ‘हाम्रो जातभात मिल्दैन, पहिले पनि तिमी लिन जाँदा उनीहरुले अपहेलना गरेका थिए । नल्याऊ बाबु भनेर सम्झाएकै थियौं,’ सोमबार नवराजकी आमा उर्मिलाले भनिन्, ‘भनेको मानेन, अहिले यो अवस्था देख्नुपर्‍यो ।’ माथिल्लो जातकी छोरीलाई बुहारीको रुपमा घरमा भित्र्याउँदा अपहेलित हुन डरले त्यसो नगर्न सम्झाउने गरेको उनले बताइन् ।

    आफ्नी प्रेमिकालाई विवाह बन्धनमा बाँध्ने नवराजको यो दोस्रो प्रयास थियो । केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रोहबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छुटाइएको थियो । आमा उर्मिलाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराज पनि युवतीको घरमा जानेआउने गर्थे । यद्यपि, युवतीका आमाबुवा दुईबीचको प्रेम सम्बन्ध टुटाउन चाहन्थे । पटकपटक नवराजलाई चेतावनी पनि दिएका थिए । न्युज २४ नेपालबाट

    https://www.facebook.com/bhimparsad.poudel/videos/pcb.2551394528293951/2551369981629739/?type=3&theater

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology