नेपालगन्ज ०९ जेठ- नेपाल सरकारले ईस्लाम धर्मावलम्बीहरुको महान पर्वको रुपमा मनाईने ईदुल फित्रको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्री परिषदको बैठलले सो निर्णय गरेको अर्थमन्त्री एवं सरकारको प्रबक्ता युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । मुस्लिम समुदायले चन्द्रमा हेरेर पर्व मनाउने भएकोले धर्मगुरुहरु का अनुसार कुन दिन पर्छ सो दिन सार्वजनिक बिदा दिने मन्त्री खतिवडाले बताउनुभयो ।
