(Wednesday 28th of October 2026)
`

चर्चित गायक परियारको कोरोना विरुद्ध जनचेतनामुलक गित सार्वजनिक

  • महामारी रोक्न घरबाटै युद्ध लड्न गायक परियारको आग्रह
  • सगरमाथा गन्तब्य
  • 14.1K
    SHARES

    नेपालगन्ज ३० बैशाख – राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का चर्चित गायक विश्व सागर परियारले जनचेतना मुलक गित सार्वजनिक भएको छ । विश्व व्यापी रुपमा देखिएको कोरोना भाइरस विरुद्ध चर्चित थारु गायक परियारले सन्देशमुलक गित मंगलवार सार्वजनिक गर्नुभएको हो । कोरोना भाइरस नेपालमा पनि महामारीको रुपमा फैलिदै गएको कारण यसलाई रोकथामको लागि समाजमा जनचेतना मुलक सन्देश पु¥याउने उद्देश्यका साथ यस्तो गित सार्वजनिक गरिएको गायक परियारले भन्नुभयो । लामो समय थारु गीत संगितलाई माया गर्ने गायक परियार ३ दर्जन बढि थारु गीतमा श्वर दिइसक्नुभएको छ ।

    नेपालमा चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन डेढ महिना बढि भएको छ । लामो समय लकडाउनले जनतामा जनचेतना जगाउने खालको गित सार्वजनिक गर्नुपर्छ भनेर उहाँले लकडाउनकै समयमा यस्तो गित सार्वजनिक गरिएको जानकारी गराउनुभयो । म्युजिक सन्तकुमार विश्वकर्मा र एरेन्ज पुस्कल खत्री रहेको कोरोना विरुद्ध जनचेतना मुलक गित कोहलपुर नगरपालिका पिपरी स्थित रहेको आरकेसी डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । घरमै बसेर युद्ध लडौं महामारी रोक्नलाई, बुझौ हामी सबैले हेलचर्काई नगरि भन्ने जस्ता सन्देश मुलक गितमा भाव प्रस्तुत गरिएको गायक परियारले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology