(Wednesday 28th of October 2026)
`

चक्र बहादुर बेपत्ता भएको ३१ दिन सम्झदा

  • सगरमाथा गन्तब्य
  • 21K
    SHARES

    भगतराम थारु,  नेपालगन्ज २८ बैशाख- बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैया बखतपुरका ३० बर्षिय चक्रबहादुर थारु सम्पर्क विहीन भएको ३१ दिन पुग्यो । नेपालको काभ्रेमा कमाउन गएका चक्र लकडाउनकै समयमा घर फर्किदै गर्दा बाटोबाटै सम्पर्क विहीन भएका थिए । लामो यात्रा त्यसमा पनि पैदलयात्रा विच बाटोमा केही खाना नपाएका चक्रबहादुरसंगै अरु साथीहरु पनि थिए । आफ्नै गाउँको साथीहरु नभएपनि संगै काम गरेको र चक्रकै गाउँनजिकैका गाउँका साथीसंग घर फर्किदै थिए चक्रबहादुर । विचबाटोबाट उनिहरुलाई प्रहरीले ट्रकमा बसेर घरतिर पठाएको थियो । आउँदैगर्दा बाँकेको अगैयामा उनिहरु शौच गर्न झरे ।
    शौच गर्न झरेका सबै साथीहरु ट्रकमा पुनः बसे तर चक्रबहादुर बसेनन् । कारण चक्र सोही ठाउँबाट सम्पर्क विहीन भए । करिव आधा घण्टा कु¥यो तर चक्र नआएपछि गाडी ड्राइभरले गन्तव्य तर्फ गाडी लम्कायो । चक्रबहादुर चाही शौच गर्ने ठाउँबाटै सम्पर्क विहीन (बेपत्ता) भए चक्र छुटेपछि सवैसाथीहरु भावुक भए । संगै आउँदै गरेको साथी विछोडिदाको पिडा दुखले सताउँदै घरसम्म पुग्यो तर साथी चक्रको मायाले पिरोल्लिरह्यो चक्रसंगै आउदै गरेको साथी योगेश थारुले भन्नुभयो । चक्रको घरसम्म खवर ग¥यो जहाँबाट चक्रा सम्पर्क विहीन भए सोही ठाउँ खोज्न पुग्यो तर अत्तोपत्तो भएन अर्का साथी माधव थारुले भन्नुभयो । गत २७ गते साँझा घरमा चक्रको फोन आयो श्रीमति म आउँदै छु भोली विहानसम्म घरमा पुग्छु भन्ने मान्छे अहिलेसम्म आउनुभएन चक्रका श्रीमति रेखा थारुले भन्नुभयो ।


    राम्ररी बस्नु, छोराको राम्रो ख्याल गर्नु भन्ने मान्छे अहिलेसम्म सम्पर्क विहीन हुँदा पुरै घरपरिवार नै चिन्तित छन्  श्रीमति रेखाले भन्नुभयो । आज ठिक ३१ दिन भयो चक्र बेपत्ता भएको । राम्रोसंग खाना र निन्द्र परेको छैन् । दिनभरी सोचेको सोचे हुन्छु छोराले के खाइ रहेको होला कहाँ होला भनेर चक्रका आमा ठगनी थारुले भन्नुभयो । कहिले कता भौतारिन्छु कहिले कता खोज्न र पहल गर्न आफन्त कहाँ पुग्छु चक्रका आमा ठगनी थारुले भन्नुभयो । जो मान्छे आएको सुन्छु उसैको घरमा पुग्छु छोरोको बारेमा के छ कतै थाहा पाउनुभयो कि भनेर सोध्छु । केही दिन अगाडी बहादुर नामको मैनापोखरमा २÷३ दिनदेखि भौतारिरहेको एकजना मान्छे सुने छोरा चक्र हो कि भन्ने सोचले उसको फोटो र समातेर राख्न भने । फोटो आउँदा चक्रको थिएन फेरी भक्कानीए आसु झार्दै चक्रका आमा ठगनीले भन्नुभयो ।
    आँखाबाट आसु सुक्दैन यति राम्रो छोरा आमा के ल्याइदिने के खानु हुन्छ खाना खानु भयो कि नाई भन्ने छोरा अहिलेसम्म पत्ता नलाग्दा दिनरात अध्यारो देख्छु आमा ठगनीले भन्नुभयो । चक्रबहादुरलाई पत्ता लगाउन के नै गरेनौ कहाँ नै गएनौ सबले आउँछ भन्छन तर खोइ मेरो छोरा चक्र ? आमाले भक्कानीदै भन्नुभयो । जसले जे उपाय भन्छ सोही उपाय अपनाउँछौ । बाँकेको हरेक प्रहरी चौकीमा सम्पर्क र फोटो छोडेका छौं मिर्चैयाका युवा समाजसेवी मिलन थारुले भन्नुभयो । कति पटक त जंगलमा खोज्न गयो पत्ता लागेन उहाँले भन्नुभयो । करिव १५ दिन गाउँका साथीहरु कहिले ट्याक्टरमा त कहिले मोटरसाइकलमा दैनिक खोज्न पुग्थ्यो तर पनि भेटाएनौ उहाँले भन्नुभयो । चक्र बहादुरका आमाबुवा, दाई भाउजु, दिदी, श्रीमती र एक छोरा छन् ।


    कालो सर्ट लगाएका थारुलाई जो कोहीले फेला पारेमा नजीकैको प्रहरी चौकी वा ठाकुरबाबा नगरपालिकामा खवर गरिदिन हुन परिवारले आग्रह गरेका छन् । चक्रले प्रयोग गर्ने नं. ९८२३५३८४८९, ९८००५८६१२७ । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बाँकेका प्रहरी प्रमुख विरबहादुर ओलीलाई यसबारे बुझ्न खोज्दा फोन उठाउनुभएन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology