(Wednesday 28th of October 2026)
`

ऋचा शर्माको लकडाउन : परिवारसँग समय विताउँदै

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    काठमाडौं, २७ बैशाख ।फिल्म ‘फर्स्ट लभ’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री ऋचा शर्माले दर्जनौं फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । ‘मेरो लभ स्टोरी’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’लगायतका दर्जनौं फिल्ममा काम गरिसकेकी अभिनेत्री ऋचा शर्माले सुरुवाती दिनहरुमा एक टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने गर्थिन् । कमेडी शो ‘कमेडी च्याम्पियन’की जर्जसमेत रहेकी अभिनेत्री ऋचा शर्मा गत वर्ष मात्रै वैवाहिक जीवनमा बाँधिएकी हुन् । कार्य व्यस्तता कारण आफ्नो नयाँ घर–परिवारलाई समय दिन नसकेकी अभिनेत्री ऋचाले अहिले भने परिवारसँग समय विताइरहेकी छन् । अहिलेको समय आफ्नो परिवारसँग बिताउनु उचित भएको उनको भनाइ छ । त्यस्तै, उनले यस्तो समयमा सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थको हेरचाह गर्नुपर्ने बताएकी छन् । यसैबीच उनले लकडाउनको समयमा नयाँ कुरा सिक्न, आफूले आफैलाई ब्यस्त राख्न र धैर्य गर्न पनि सबैलाई आग्रह गरेकी छन् । उनी भन्छिन्, ‘पहिले घर बाहिर जान आवश्यक थियो । अहिले घरमा बस्न आवश्यक छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology