(Wednesday 28th of October 2026)
`

वडा अध्यक्ष रिजालको पहलमा राहत वितरण

  • सगरमाथा गन्तब्य
  • 23.3K
    SHARES

    नेपालगन्ज २० चैत्र
    कोहलपुर नगरपालिका वडा नं. ३ मा राहत वितरण गरिएको छ ।
    वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालको अगुवाईमा राहत संकलन गरि वडाका २३ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
    कोरोना भाइरसको कहर चलिरहदा वडाका नागरिकलाई विपदको समयमा सवैको पहलकदमी अति आवश्यक रहेको वडा अध्यक्ष रिजालले बताउनुभयो । नेपालमा लकडाउनको घोषणा भएको पनि १० औं दिन पुग्दा अति विपन्न, गरिव, अपाङग, पिछडाबर्गका समुदायलाई खाना लाउन समस्या परेकालाई स्थानिय युवा समाजसेवीको सक्रियतामा राहत संकलन गरि राहत वितरण गरेको उहाँले जानकारी गराउनुभयो ।
    राहतमा एक परिवारलाई २५ किलो चामल, २ किलो आलु, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन, १ पोका बेसार गरि २३ घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष रिजालले जानकारी गराउनुभयो । वडावासीको समस्यालाई हरसम्भव प्रयासरत रहने र वडावासीको लागि सामाजिक कार्यमा सधै अग्रसरता देखाउने वडा अध्यक्ष रिजालले जानकारी गराउनुभयो ।


    वडाबासीलाई सुरक्षित गराउन वडामा मास्क बितरण गरिनुका साथै कोरोनाबाट बच्ने उपायहरुका बारेमा माइकिङ्ग गरीरहेको उहाँले बताउनुभयो । वडावासीको सहजताका लागि स्वयमसेवक टोली वनाएको र उक्त टोलीपनि घरघरमा पुगी जनतालाई सचेतना गराई रहेको उहाँले जानकारी गराउनुभयो । लकडाउनको समयमा काम गर्न जान नपाउने र घरमा खाना लाउन समस्या भएका अति विपन्न परिवारलाई स्थानिय युवाहरुले मिलेर उठाएको राहत वितरण गरेको स्थानिय युवा नेता तथा कलाकार केशव चालिसेले बताउनुभयो । राहत जुटाउन सहयोग गर्ने स्थानिय अगुवा तथा समाजसेवीमा माधव रिजाल, केशव खनाल, चुडामणि गैरे, चन्द्र प्रसाद भण्डारी, बाबुराम अधिकारी, केशव रिजाल, लिला पाण्डेय, प्रदिप तिमिल्सेना, झवि भण्डारी, रमा आचार्य, सिद्धबाब ट्रेडर्स, जागृति आमा समुह, लोफेस स्टोर लगायतले सहयोग प्रदान गरेका थिए । वडामा छुटेका स्थानियको नाम संकलन गरि पुन वितरण गरिने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology