(Wednesday 28th of October 2026)
`

मुस्लिम समुदायले रमजान घरमै मनाउने

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज १२ बैशाख : मुस्लिम समुदायको रमजान सुरु भएको छ । यो पर्बलाई घरमै बसेर मनाउन मुस्लिम अगुवाहरुले सुझाव दिएका छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्नु मुस्लिम समुदायको पनि दायित्व रहेको मुस्लिम अगुवा भोला सिद्दिकीले बताउनुभयो । रमजान पर्बमा रोजा घरमै बस्ने र मस्जिदमा समेत नजान उहाँले सबैलाई आग्रह गर्नुभयो । यस्तै अर्का मुस्लिम अगुवा मोहम्मद हारुनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि इस्लाम धर्म गुरुहरुले समेत सजग र सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई अपिल गरेका छन् । जमातीका कारण सिङ्गो मुस्लिम समुदायको बेज्जत भएको भन्दै कोरोना परिक्षणमा सघाउन समेत धर्मगुरुहरुले अपिल गरेका छन् । इस्लाम धर्मगुरु अब्दुल जब्बार मन्जरीले कोरोनाले कुनै धर्म र जात विशेषलाई मात्र असर नपु¥याई सबैलाई असर गर्ने भएकाले आफ्नो समुदाय पनि सचेत हुनुपर्ने बताउनुभयो । सो अवसरमा जामा मस्जिदका इमाम मुफती कैफुलवरा मिस्बाही, धर्मगुरु अब्दुल जब्बार, मौलाना मन्सुर, अब्दुल हमिद सिद्दिकी (भोला), हारुन कादरी, अतहर हुसैन फारुकी, मेराज अहमद (हिमालय) फिरोज वारसी, गुड्डु हल्वाई लगायतले धारणा राख्नु भएको थियो । साथै मस्जिदका इमामले कोरोना भाइरसको अन्त्य बारे ईस्लामिक दुवा पढ्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology