(Wednesday 28th of October 2026)
`

चुरिया बोले म्युजिक भिडियोको छायाङकन सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 19.4K
    SHARES

    नेपालगन्ज ०८ चैत्र
    थारु भाषाको म्युजिक भिडियो चुरिया बाले बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।
    चुरिया बोले खन खन खन, पायल बोले झन झन झन मोर जिया करे ढकढक ढक बोलको म्युजिक भिडियोको छायाङकन शनिवार सम्पन्न भएको हो ।
    मोडल विकास थारु र मोडेल लक्ष्मी चौधरीको मुख्य भुमिका रहेको चुरिया बोले बोलको गितमा साइट डान्सरमा अनिल थारु, सुरेश थारु, अनुराज थारु, दिलिप थारु, विवेक थारु, सौरभ थारु, रोशनी थारु, रोमा थारु, राजकुमारी थारु, सविता थारु, सुस्मीता थारु, निशा थारु, अस्मिता थारु, सोनी थारु, सुस्मिता थारुले खेलेका छन् । थारु म्युजिक भिडियो चुरिया बोले बोलको गितमा डाइरेक्सन अनुराज चौधरीले गर्नु भएको छ भने शव्द संगित बहादुर बैरागीको रहेको छ । यस्तै म्युजिकलमा सुनिल सागरको रहेको छ भने म्यामरा र इडिटिङग सरोज डगौराले गर्ने मोडल विकास थारुले जानकारी गराउनुभयो । गोचाली मिडियाको युट््युव च्यानलबाट सार्वजनिक हुने चुरिया बोले बोलको गितको छायाङकन अस्नेरी गाउँ, बर्दियाको बढैयाताल, कोठिया गाउँ लगायतको ठाउँमा छायाङकन गरिएको सुटिङग युनिटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology