(Wednesday 28th of October 2026)
`

प्याव्सन नगरस्तरिय ब्याडमिन्टन प्रतियोगितामा जिभिएन र आर्दश फाइनलमा भिड्दै

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    नेपालगन्ज – जिभिएन र आर्दश मा.बि प्रथम प्याव्सन ब्याडमिन्टन प्रतियोतिाको फाइनलमा भिड्ने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका प्याव्सन नगर कमिटीको आयोजनामा गरिएको नगर स्तरीय प्याव्सन प्रतियोगितामा १२ वटा बिद्यालयलाइ पछि पार्दै जिभिएन र आर्दश मावि फाइनलमा भिड्ने भएका हुन् । बुधवारबाट सुरु भएको प्याव्सन प्रतियोगितामा पहिलो चरण ब्वाइज सिङ्गल २४ वटा प्रतिस्प्रर्धी र १६ वटा गल्र्स सिङ्गल प्रतिस्प्रर्धी रहेको उपमहानगरपालिका प्याव्सन नगरका अध्यक्ष बिकाश बज्रचार्यले जानकारी गराउनुभएको छ । ब्वाइज डब्बलमा १२ वटा टिम, डब्बल गल्र्समा ५ वटा टिम र टिचर्स डब्बलमा १० टिम फाइनलनमा रहेको अध्यक्ष बज्रचार्यले बताउनुभयो । जिभिएन र आर्दश मा.बिका टिर्चस टिमको प्रतिस्प्रर्धी र गल्र्स टिममा जिभिएन र सेन्टथोमस मा.बिका टिम फाइनलमा पुगेको उहाँले बताउनुभयो ।


    फस्ट प्याव्सन व्याडमिन्टन कप २०७८ नेपालगन्जमा सोमवारबाट सन्चालन भएको प्रतियोगितामा ५ क्याटगरीमा नगर स्तरीय प्याव्सन प्रतियोगिता संचालन भएको हो । फस्ट प्याव्सन व्याडमिन्टन कप २०७८ प्रतियोगितामा नेपालगन्जका आर्दस मा. बि नेपालगन्ज, होली ल्यान्ड मा .बि, जि.भि.एन नेपालगन्ज, सगरमाथा इ.मि स्कुल, एनएमए मा.बि, सन् बिम मा.बि, लगायत १२ वटा बिद्यालय नगर स्तरीय प्याव्सन प्रतियोगितामा भाग लिएको अध्यक्ष बज्रचार्यले बताउनुभयो । प्याव्सन प्रतियोगिताको फाइनल राउण्ड बिहीवार हुने बिजेता प्रतियोगीहरुलाई टिचर्स टिमलाई नगद, ट्रफी र व्याईज गल्र्स टिमलाई ट्रफिले पुरस्कृत गरिने अध्यक्ष बज्रचार्यले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology