(Saturday 25th of July 2026)
`

प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सारे कडा प्रतीवाद गर्ने

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारीको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले कडा प्रतीवाद गरिने बताउनुभएको छ ।
    पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गर्नुभएको थियो ।
    प्रदेश योजना आयोगले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पक्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष क्षेत्रीले खजुरामा विश्वबिद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरि तयारी गरिएको खुलासा गर्नुभयो । उहाँले नयाँ करिकुलम र सोँचकासाथ विश्वबिद्यालय संचालन गर्ने प्रदेश सरकारले योजना बनाइरहेको भन्दै विश्वबिद्यालय ऐन र नियमावली बनिसकेको जानकारी दिनुभयो ।
    पूर्ववर्ती सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत नै बाँकेको खजुरामा प्रदेश विश्व बिद्यालय स्थापना गर्ने घोषणा गर्दै बजेट बिनियोजन समेत गरेको थियो । पहिलो वर्ष ३ करोड र पछिल्लो वर्ष ७ करोड बजेट बिनियोजन गरिएपनि विश्वबिद्यालय ऐनको अभावमा सो बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश विश्व बिद्यालयका लागि १० करोड बजेट छुट्याइएको छ ।
    विश्वबिद्यालय स्थापनका लागि स्थानीय गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिनुभयो । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सरकारले पूर्वाधारको सम्भाब्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भनिनु गलत भएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology