(Wednesday 28th of October 2026)
`

प्रदेश नं. ५ मै स्वाव संकलन गर्ने भाडो छैन : डा. थापा

  • भेरी अस्पताललाई कोरोना टेष्टिङ्ग बुथ हस्तान्त्रण
  • सगरमाथा गन्तब्य
  • 19.4K
    SHARES

    नेपालगन्ज २८ चैत्र
    भेरी अस्पताललाई कोरोना टेष्टिङ्ग बुथ हस्तान्त्रण गरिएको छ । कोरोना संकास्पद व्यक्तिलाई सहजै स्वाव परीक्षण गरि कोरोना भए नभएको जानकारी पाउन उक्त कोरोना टेष्टिङग बुथ हस्तान्त्रण गरिएको हो । कोरोना टेष्टिङग बुथलाई ओम युपीभिसी उद्योग कोहलपुरले शुक्रवार भेरी अस्पताल नेपालगन्जलाई सौजन्य स्वरुप हस्तान्त्रण गरेको हो ।
    कोरोना टेष्टिङ्ग बुथलाई ओम युपीभिसी उद्योग कोहलपुरका प्रोप्राईटर दिनेश राज पौडेल र धर्म राज भण्डारीले भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापालाई हस्तान्त्रण गर्नुभएको थियो । कोरोना टेष्टिङ्ग बुथको अनुमानित लागत मुल्य ६०÷७० हजार पर्ने गरेको ओम युपीभिसी उद्योग कोहलपुरका प्रोप्राईटर दिनेश राज पौडेलले जानकारी गराउनुभयो ।

    नेपालगन्जको भेरी अस्पतालमा रहेको कोरोना अस्पताललाई कोरोना टेष्टिङ्ग बुथ हस्तान्त्रण गरिएका छौं चाहिएको खण्डमा अरु अस्पतालाई पनि उपलव्ध गराउन सकिने प्रोप्राईटर पौडेलले जानकारी गराउनुभयो । अव कोरोना लागेको संकास्पद व्यक्तिको स्वाव परिक्षण गर्न बाहिर पठाउन पर्दैन भेरी अस्पतालका सुपरिटेण्डेन्ट डा थापाले भन्नुभयो तर हामीसंग स्वाव संकलन गर्ने भाडो नै छैन उहाँले भन्नुभयो । स्वाव संकलन गर्ने भाडा मगाएका छौं कहिले आउँछ थाहा छैन डा थापाले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology