(Saturday 25th of July 2026)
`

आइडल पव्लिक स्कूलमा सप्ताह व्यापी खेलकुद सुरु

  • सगरमाथा गन्तब्य
  • 9K
    SHARES

    आशा परियार – नेपालगन्ज  : बाँकेको नेपालगन्ज स्थित रहेको आइडल पव्लिक माध्यमिक बिद्यालय नेपालगन्जमा खेलकुद सप्ताह मनाउन सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका ७ नं वडा स्थितमा रहेको आइडल पव्लिक माध्यमिक बिद्यालय नेपालगन्जमा मंगलवार देखि खेलकुद सप्ताह मनाउन सुरु गरेको हो । बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै “राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुलनारा सहित बिगत ४ बर्ष देखि बिद्यालयमा बिभिन्न प्रकारका खेलहरु सहित खेलकुद सप्ताह मनाउदै आइरहेको आइडल पव्लिक माध्यमिक बिद्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।
    गरिब, अनाथ जेहेन्दार बालबालिकालाई कम भन्दा कम शुल्कमा राम्रो शिक्षा दिएर उनिहरुलाई बौद्धिक नागरिक बनाउन आइडल बिद्यालयको बिशेष उद्देश्य रहेको आइडल पव्लिक माध्यमिक बिद्यालयका पुर्व अध्यक्ष एवम इस्लामी संघ नेपालका अध्यक्ष ओबैदुर्रहमान खानले जानकारी गराउनुभयो ।


    २०५६ सालमा स्थापना भइ ५ जना व्यक्तिकोे सहकार्यमा संचालनमा गरिएकोे बिद्यालयमा बिभिन्न संघ संस्थाको आर्थिक सहयोगले १२ कक्षासम्मको कक्षाहरु निर्माण गरि संचालनमा रहेको उहाँले जानकारी गराउनुभयो ।
    अल्हेरा एजुकेशनल सोसाइटीको प्रत्यक्ष रेखदेखमा नेपालमा हाल १५ वटा बिद्यालय र बाँकेमा आइडल समेत गरि दुई वटा बिद्यालयहरु संचालनमा रहेको उहाँले जानकारी दिनुुभयो । आइडल पव्लिक एक मुस्लिम समुदायको बिद्यालय मात्र नभइ सबै समुदाय बर्गहरुको साझा बिद्यालय रहेको आइडल पव्लिक माध्यामिक बिद्यालयका प्रध्यानध्यापक बिरेन्द्रनरसिंह श्रीवास्तले बताउनुभयो । शिक्षाको कुनै धर्म जातपात हुदैन । शिक्षामा सबैको अधिकार बराबर हुनुपर्छ उहाँले बताउनुभयो ।
    नर्सरी कक्षाबाट सुरुवात गरेको बिद्यालय अहिले १२ कक्षासम्मको पढाई हुने गरेको छ । अल्हेरा एजुकेशनल सोसाइटीको प्रत्यक्ष रेखदेखमा संचालन गरिएको बिद्यालय अहिले बाँकेकै उत्कृष्ट बिद्यालयमा पनि आइडल बिद्यालय एक नमुना रहेको छ । धेरै व्यक्तिहरुलाई आइडल बिद्यालय एक मर्दसा भन्ने कुराको नकरात्मक बुझाइ भएको प्रध्यानध्यापक श्रीवास्तले भन्नुभयो ।


    यस बिद्यालयमा १० प्रतिशत भन्दा बढि बिभिन्न धर्म समुदायका बिद्यार्थी लगायत पढ्नका लागी आउने गरेको उहाँको भनाइ रहेको छ । बिद्यालयमा १ हजार भन्दा बढी बिद्यार्थीको संख्या रहेको छ । यस्तै बालबालिकालाई समाजिक संजालबाट टाढा राख्न र बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गदै आइडल बिद्यालयले सप्ताह खेलकुद संचालन गरेको आइडल पव्लिक माध्यमिक बिद्यालयको लेखा शिक्षक एवम सप्ताह खेलकुदका प्रशिक्षक मोहमद इरफान शेषले बताउनुभयो । खेलकुद पनि एक शिक्षा नै हो । खेलकुदले पनि स्वास्थ्य शिक्षामा धेरै बिकास गरेको छ । खेलकुदद्धारा आइडल पव्लिक बिद्यालयका बालबालिका भोलीको दिनमा अन्तराष्ट्रिय खेलाडी बन्न सक्ने सम्भावना रहेको शिक्षक शेषले जानकारी गराउनुभयो । सप्ताह व्यापी खेलकुद १३ गतेसम्म संचालन रहने आइडलको शिक्षिका आशा शांहले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology