(Saturday 25th of July 2026)
`

नरैनापुरमा ४ कोठे हेरा पब्लिक स्कूल संचालनमा

  • सगरमाथा गन्तब्य
  • 23.6K
    SHARES

    आशा परियार – नेपालगन्ज : बाँकेको नरैनापुरमा हेरा पव्लिक स्कुल संचालनमा आएको छ । नरैनापुर गाउपालिका वडा नं २ लक्ष्मणपर बाँके स्थितमा रहेको हेरा पव्लिक स्कुल ४ कोठे भवनको सोमवार उद्घाटन गरी संचालनमा ल्याएको हो ।
    स्कूल भवन उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद कृष्ण केसी (नमुना) ले नरैनापुर जस्तो दुर्गम क्षेत्रमा पालिका भित्रै बालबालिकाहरुको लागी स्कुल हुनु भनेको नरैनापुरको लागी गौरबपुर्ण भएको उहाँले बताउनुभयो । नरैनापरमा धेरै मुस्लीम समुदायको बसोबास रहेको हुनाले मुस्लीम बालवालिकाहरुका लागी अवसर भएको सांसद केसीले धारणा राख्नुभयो । नरैनापुरमा सबै छात्राहरुलाई मध्य विन्दु पर्ने गरि छात्रा बिद्यालय बनाउन पहल गरेको उहाँले जानकारी गराउनुभयो ।

    यस्तै नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष नजरुल हुसेनले पिछडीएका मुस्लीम समुदायका व्यक्तिहरुलाई शिक्षाका बाटोमा डो¥याउन नेपाल डेभलपमेन्ट सोसाइटीको अतुलनिय भुमिका रहेको जानकारी गराउनुभयो । हेरा पब्लिक स्कुलले पिछडीएको मुस्लीम समुदायका बालबालिकाहरुको लागी भबिष्य छनोट गर्ने माध्यम भएको अध्यक्ष हुसेनले भन्नुभयो । उहाँले यस बिद्यालय मार्फत भोलीका दिनहरुमा मुस्लीम समुदायका बालबालिकाहरु पनि शिक्षामा नेपालकै उदारणीय बन्न सक्ने सम्भावना रहेको कुरा ब्यक्त गर्नुभयो । नेपाल डेभलपमेन्ट सोशाइटीले पिछडीएको समुदायका सबै बालबालिकालाई शिक्षित बनाउने उद्देश्य मात्र नभई शिक्षामा आर्थिक सहयोग समेत गरेको हेरा स्कूलको संचालक समितिका अध्यक्ष तथा इस्लामी संघ लुम्बिनी प्रदेशका अध्यक्ष ओबैद रहमान खानले जानकारी गराउनुभयो ।


    हेरा पव्लिक स्कुलको स्थापनाकाल देखि जिवित रहुन्जेल सम्म जिल्ला बाँके नरैनापर गाउपालिका ३ नं. वडाका शिक्षक समाजसेवी, शिक्षा प्रेमी, बिकास प्रेमी, स्वर्गीय हसमत खानलाइ मरणोन्प्रान्त सम्मान गर्दै कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभासद कृष्ण केसी, सभाध्यक्ष नजरुल हसन फलाही अध्यक्ष, नरैनापुर गाउपालिका वडा नं २ का अध्यक्ष मसुद अहमद शाह, हेरा स्कूलको संचालक समितिका अध्यक्ष तथा इस्लामी संघ लुम्बिनी प्रदेशका अध्यक्ष ओबैद रहमान खान लगायतलाई दोसल्ला ओढाई सम्मान पत्र बितरण गरिएको थियो ।
    नरैनापुर गाउँपालिका मानव सूचाङ्कमा समेत यो गाँउपालिका कमजोर रहेको छ । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर रहेको हुनाले हेरा पव्लिक स्कूल स्थापना गरि यस क्षेत्रका बालवालिकाहरुले शिक्षा क्षेत्रमा उत्कृष्ट बनाउन मद्दत पु¥याउने आशा व्यक्त गरिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology