(Wednesday 28th of October 2026)
`

जनताका लागि निःस्वार्थ भावनाले काम गर्ने जोसुकै व्यक्ति राजनीतिमा आउन सक्छ

  • सगरमाथा गन्तब्य
  • 19.8K
    SHARES

    कृष्ण प्र उपाध्याय दर्शन

    नेपालगन्ज ः २१ वर्ष को उमेर मै वडा अध्यक्ष लड्ने हेक्का राखेका कृष्ण प्रसाद उपाध्याय दर्शन ले आफू सामन्य विद्यार्थी हु । तर पनि म वडा वासीहरुको दुख अनि समस्या बुझेको हुँदा ठुला राजनीति दलहरु बाट उहीँ पुराना अनुसार दोहोरिने भएको हुँदा अब को निर्वाचन मा युवाको महत्त्वपूर्ण भुमिका रहनुपर्छ । लक्ष्य लिएर वडा अध्यक्ष उम्मेद्बारी दिने साहष गरेका दर्शनले यस्तो भन्छन । नेपालमा निर्वाचन प्रणाली महँगो हुँदै गएकोमा राजनीतिक दल, नेता, मतदाता र निर्वाचनको क्षेत्रमा काम गरेकाहरूले समेत चिन्ता जनाउँदै आएका छन् त्यसको अबको भागेदार म । सबै तहको निर्वाचन प्रणाली खर्चिलो बन्दै गएकाले पैसा नहुनेहरू राजनीतिमा उदाउन र टिक्नसमेत चुनौती देखा पर्दै गएको छ र म पनि त्यसको भागेदार हो । सत्तारूढ गठबन्धनभित्रको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले औपचारिक÷अनौपचारिक रूपमा समानुपातिक निर्वाचन प्रणाली अँगाल्नुपर्नेमा बहस छेडेको छ । प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणालीका कुन ठीक, कुन बेठीक भन्नेमा घनीभूत बहस हुन जरुरी छ । नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले त्यसलाई बदल्न संविधान नै संशोधन गर्नुपर्छ । यसका लागि राजनीतिक दलहरूबीचमा मतैक्यता चाहिन्छ । निर्वाचन महँगो बन्दै जानुको कारण र यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपालमा शिक्षा,स्वास्थ्य र यातायात नि ःशुल्क गर्दिए केही न्यूनीकरण हुने थियो । अनि निर्वाचनमा चाहीँ अनलाइन भोटिङ प्रणाली लागू हुनुपर्छ…..। जनताको मन जितेर, राम्रो विकास निर्माण गरेर निर्वाचन होला भन्ने समय रहेन । पैसा हुनेको मात्रै निर्वाचन भन्ने संस्कारको विकास भएको छ । राजनीति गर्न, योग्यता, दक्षताका बारेका कुनै सीमा, मापदण्ड तोकिएको छैन । देश, राष्ट्र र जनताको लागि निःस्वार्थ भावनाले काम गर्ने जोसुकै व्यक्ति राजनीतिमा आउन सक्छ । तर पछिल्लो समयमा जनताका लागि काम गर्ने भन्दा जोसँग बढी पैसा छ । जसले चुनावताका बढी पैसा बाँड्न सक्छ, उसकै पक्षमा निर्वाचन हुने राजनीतिक संस्कारको विकास भएको छ । यस्तो प्रवृत्तिले पैसावालालाई अवसरसँगै राजनीतिमा बढावा दिएको देखिन्छ । निःस्वार्थ सेवा गर्ने राजनीतिकर्मीलाई महँगो निर्वाचनले अवसरमा पुग्न बाधा पु¥याएको छ । २०६४ यताका विभिन्न निर्वाचनमा पैसै खर्च नभएको भन्ने हैन । चुनावमा हिँड्नेहरूलाई थोरै खानपान खर्च हुन्थ्यो । तर, संघीयता पछिका वडा तहदेखि संघका माननीयको निर्वाचन पैसामुखी भएको छ । पार्टीको विधिविधान अनुसार चल्ने व्यक्ति, लामो समयदेखि देश र जनताका पार्टीका त्याग गरेको व्यक्तिभन्दा पैसावाला व्यक्तिलाई नै टिकट दिने राजनीतिक संस्कारको विकास भएको छ । त्यसैले अबको निर्वाचन निकै महँगो हुने स्पष्ट छ । यसले गर्दा राजनीतिमा युवाहरूले अवसर पाउनबाट वञ्चित हुने स्थितिमा छन् । त्यसैले राष्ट्रप्रेम भएका व्यक्ति, दक्ष, योग्य, अनुभवी समाज सुधारमा केही गर्ने आँट भएका व्यक्ति, युवाहरूलाई राजनीतिमा अवसर दिनका लागि अब आउने निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्छ । परिवर्तित निर्वाचन प्रणाली भनेकै अनलाइन भोटिङ निर्वाचन प्रणाली हो । अरू केही गर्न सकिँदैन, तर विश्वका धेरै देशमा अनलाइन भोटिङ व्यवस्था लागू भइसकेको छ । नेपाल लगायत जुन देशमा अनलाइन भोटिङको व्यवस्था छैन । ती देशहरूको निर्वाचन निकै महँगिदै गएका छन् । महँगो निर्वाचन अन्त्यको एकमात्र विकल्प भनेको अनलाइन भोटिङ पद्धति हो । यसका लागि वर्तमान सरकारले सबै प्राविधिक तयारीका विषयमा अहिलेदेखि नै जुट्नुपर्छ । नेपालमा इन्टरनेटको विकास अपेक्षित रूपमा अझै हुन सकिएको छैन । अनलाइन भोटिङ उपयुक्त नहुने तर्क पनि आउन सक्छन् । जबसम्म नेपालमा अनलाइन भोटिङ प्रणाली लागू हुँदैन, तबसम्म सस्तो निर्वाचन, जनताले चाहेको व्यक्ति नेता बन्न सक्दैनन् । नेपाली राजनीतिमा पैसावालाकै हालीमुहाली बढी छ । पैसाकै आडमा राजनीति गर्ने व्यक्ति सधंै सत्तामा हुने भएकाले पनि नेपालमा चाँडै देशको जुन हिसाबले विकास हुनुपथ्र्यो, त्यो भएको छैन । हामीले कति व्यवस्था परिवर्तन गरिसक्यौं, हेरिसक्यौं । पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै व्यवस्था हे¥यौं । तर, अवस्था झन् जटिल बन्दै गएको छ । त्यसैले निर्वाचन प्रणाली परिवर्तनको आवश्यकता त हो, तर सम्भव छैन । सम्भव नभए पनि प्रयासचाहिँ गर्नुपर्छ । यदि परिवर्तन भएन भन्ने देशले कोल्टो फेर्र्न सक्दैन । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै विकृत भयो । राजनीति त पैसावालाले मात्रै गर्ने जस्तो भइसकेको छ । राजनीति गर्नु भनेको सेवा गर्नु हो । तर, यहाँ राजनीतिलाई पेसा र व्यवसायका रूपमा अंगीकार गर्न थालिएको छ । राजनीतिमा पैसावालाहरूको हालीमुहाली बढ्दै गएको छ । लोकतन्त्र र पार्टीको हितमा काम गरेको भन्दा पनि जोसित पैसा छ उसले नै चुनावमा सहजै टिकट पाउने अवस्था आएको छ । टिकट बिक्री हुन थालेपछि गैरकानुनी र अवैध रूपमा जसले पैसा कमाएको छ । उसले नै टिकट लिने भयो । अझ टिकट लिइसकेपछि उसले चुनाव जित्न कार्यकर्ता तहबाट पैसा बाँड्ने र भोजभतेर खुवाउने काम गर्छ । जो इमानदार, नैतिकवान् र निष्ठाको राजनीति गरेको छ । उसलाई टिकट दिने हो भने यस्तो विकृति आउने थिएन । निष्ठाको राजनीति गर्नेहरू अहिले ओझेलमा परेका छन् । पैसा हुनेहरू ठूला नेता भएका छन् । यो समस्या हरेक पार्टीमा देखिएको छ । यही तरिकाले नेपालको राजनीति अगाडि बढ्ने हो भने समाज नै विकृत हुन्छ । गाउँमा अलि टाठोबाठो र हर्ताकर्ता कार्यकर्ताले पैसावाला नेतासँगै ‘मसित यति मतदाता छन्, मलाई यति पैसा दिनुहोस्, म सबै मत तपाईंलाई नै खन्याइदिन्छु’ भनेर बार्गेनिङ गर्ने अवस्था छ । यो त ठेकेदारी प्रर्थाझैं भयो । भोटर्सको जिम्मा लिने र नेताबाट टन्न पैसा लिने अनि थोरै रकमले मतदातालाई भोज खुवाइदिने अनि टाठोबाठो कार्यकर्ताले गोजी भर्ने अवस्था छ अहिले । यतिसम्म कि टिकट लिनुभन्दा अगाडिदेखि नै एग्रिमेन्ट हुन्छ । यसले निष्ठावान्, वैचारिक, सिद्धान्तअनुसार काम गर्ने नेताहरू पलायन हुने अवस्था सिर्जना भएको छ । जनताको सेवा गर्छु भनेर हिँड्नेहरू मरणासन्न भएका छन् । अब निर्वाचन प्रणालीका बारेमा राज्यले, राजनीतिक दलहरूले, नागरिक समाजले, बौद्धिक व्यक्तिहरू र सरोकारवालाले नयाँ ढंगले सोच्नुपर्छ । पार्टीहरू क्लबहरू जस्तै बन्ने आमकार्यकर्ता र मतदाताहरूचाहिँं चुनाव जिताउनका लागि टेन्डरमा मोलमोलाइ भएजस्तै हुने अवस्था छ । योग्यता र योगदानभन्दा पनि ठेकेदारी प्रथाजस्तै भएको छ । मुलुकको अग्रगमन र परिवर्तन नै यो प्रणालीले ध्वस्त बनाएको छ । बेलैमा सबै दल र राज्यले सोच्नुपर्छ । यो प्रणालीका विषयमा चाँडोभन्दा चाँडो पुनर्विचार गर्ने र नयाँ ढंगले अगाडि बढ्नुपर्छ । यसमा ढिलाइ गर्नु हुन्न । निर्वाचन प्रणालीमा पुनर्विचार नगर्ने हो भने सबै दलले निष्ठावान्, इमानदार र नैतिकवान् नेतालाई चुनावमा उठाउनुपर्छ । त्यस्ता व्यक्तिलाई उठायो भने उसले पक्कै पनि पैसा खर्च गर्दैन र निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । नेपालमा सुरुदेखि अहिलेसम्म थुप्रै बहस भए । २०४७ सालको संविधानदेखि नै पहिलो हुनेले जित्ने व्यवस्था गरियो । नयाँ संविधान निर्माण गरेपछि साविकको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने बहस भयो । अहिले संविधानमा मिश्रित निर्वाचित प्रणाली अंगीकार गरेको छ । अहिलेको व्यवस्थाले संसद्मा एउटा दलले एकल बहुमत ल्याउन सक्ने अवस्था छैन । अर्काे कुरा शक्ति सत्ता र पैसाले निर्वाचन जित्ने अवस्था छ । खासगरी हामीले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ । यदि यस्तो गर्न सकियो भने पैसाको खर्च गर्ने काटमार गर्ने परिस्थिति स्वतः अन्त्य भएर जान्छ । अर्काे कुरा हामीले कल्पना गरेको समावेशी लोकतन्त्रको पनि परिकल्पना पूरा हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरेपछि मुलुकलाई नै फाइदा हुन्छ । यसबाट टिकट पाउनका लागि नै मोलमोलाइ गर्ने अनि पैसाका आधारमा टिकट पाउने । संघर्ष र बलिदान दिएका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने परिस्थिति सबै दलमा देखिएको छ । जसले राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा गर्दछ । यसबाट सचेत बनेर सबै दलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने कुरामा सकारात्मक हुनुपर्छ भन्ने लाग्छ । जब शक्ति पैसा र छलछामले निर्वाचन जित्ने प्रणाली रहिरहन्छ तबसम्म सच्चा प्रतिनिधि चुनिने कुरामा पनि विश्वस्त हुन सकिँदैन । सही जनप्रतिनिधि नचुनिएसम्म विकास, सुशासन र स्थायित्वको पनि सम्भावना कम हुन्छ । किनकि पैसा खर्चिएर निर्वाचन जितेको व्यक्तिको पहिलो उद्देश्य उसले आफ्नो लगानी उठाउनु हुनु स्वाभाविक हो । यसले गर्दा राजनीति पनि व्यापार जस्तो भएको छ । पहिले लगानी गर्ने अनि पछि आर्जन गर्ने । अहिलेको दृष्टान्त हेर्दा यस्तै देखिँदैन र ? त्यसैले सच्चा इमान्दार र खर्चरहित निर्वाचन प्रणालीबारे अब सोच्नै पर्छ । त्यो भनेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology