आशा परियार – नेपालगन्ज :- वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको व्रोइलर कुखुरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको व्रोइलर कुखुरा बाँकेको जानकी गाउपालिका वडा नं २ नेवाजीगाउँ स्थितबाट सोमवार बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेका ३ सय वटा कुखुरा करिव ५ सय किलो बराबरको कुखुरा बरामद गरिएको छ । उक्त कुखुरा २ लाख ४० हजार बरारको ब्रोइलर कुखुरा वडा प्रहरीका टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विवाह सिजनको महिना भएकाले भारतीय कुखुरा सस्तो पर्ने भएको हुँदा भारतबाट अत्याधिक कुखुरा नेपाल भित्र्याउने क्रम बढेको समेत जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।
भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा नेपाल भित्र्याउन प्रयोगमा ल्याइएको भे २ प २२०९, ज ४ प १८२७ र भे ३ प ९७२५ नम्वरको रहेको तीनवटा मोटरसाइकल सहित बोइलर कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली खड्काले जानकारी गराउनु भएको छ । उक्त मोटरसाइकल र ब्रोइलर कुखुरालाई फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारबाहिको लागी पशु क्वारेनटाईन तथा भन्सार कार्यालय नेपालगन्जमा पठाइएको प्रहरी निरिक्षक खड्काले बताउनुभयो ।
यसैबिच अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं .१५ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सामानहरु आइतवार बरामद गरिएको हो । भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको लत्ता कपडा, धाराको सामान लगायतका विभिन्न सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी १ लाख ३३ हजार ७ सय ६० रुपैया मुल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालका बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनुभयो ।
