(Wednesday 28th of October 2026)
`

बाँके राष्ट्रिय निकुन्जमा भिटिआर सिस्टम जडान

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    बाँके : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिस्टम जडान गरिएको छ । निकुञ्ज प्रवेश गर्ने स्थानमा रहेका चेक पोष्टहरु शिवखोला र प्रगति नगरमा करिब १५ लाखको लागतमा भीटीआर सिस्टम जडान गरिएको बाँके निुकन्जका प्रमुख श्यामकुमार शाहले बताउनुभयो । भीटीआर सिष्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र निकुन्ज क्षेत्रबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भीटीआर सिस्टमबाट प्राप्त हुने विवरणका आधारमा सुरक्षाकर्मीले निकुञ्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने गरेका छन् ।
    भीटीआर सिस्टम जडान भएपछि निकुन्जको चेकपोष्टमा सवारी साधनबाट उत्रिएर चेक पोष्टमा लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology