(Saturday 25th of July 2026)
`

बाँके प्रहरीद्धारा अबैध सामान बरामद

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    आशा परियार – नेपालगन्ज  : नेपालबाट भारत तर्फ ल्याइदै गरेको अबैध सुपारी सहित दुई जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १० स्थित कार्यालयबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजादै गरेको अबैध सुपारी सहित दुई जना मानिसलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ लैजादै गरेको अबैध सुपारी सहित दुई जना मानिसलाई नेपालगन्ज उपमहानगरपालिका १० कार्यालयबाट खाटिएका प्रहरी टोलीले मंगलवार पक्राउ गरेको छ । भारतको रूपैडीहा बस्ने ईरफान राई र मोहम्मद सईदले भे १ ह १८२४ र भे १ स १२१९ नंम्बर रहेको अटो रिक्साको डिक्कीमा लुकाई छिपाई गरेर राखेको अबैध सुपारी भारततर्फ लैजादै गरेको अबस्थामा नेपालगन्ज उपमहानगरपालिका १० स्थित कार्यालयबाट खटिएका प्रहरी टोलीले फेला पारी पक्राउ गरेको नेपालगन्ज उपमहानगरपालिका १० स्थित रहेको प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    उक्त नेपालगन्ज उपमहानगरपालिका १० स्थितबाट खटिएका प्रहरीले २ लाख ६ हजार ५ सय रुपैया मुल्य बराबरको अबैध सुपारी रहेको प्रहरीले जनाएको छ । अटो रिक्सा सहित ईरफान र मोहम्मदलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय नेपालगंज पठाईएको छ । यसै बिच ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ब्रोईलर कुखुरा र मासु बरामद गरेको छ । नरैनापुर गाउपालिका.६ स्थित. बस्ने ३५बर्षिया पुर्ण बहादुर खत्रीले भे १ स ९०६७ नंम्बरको पेट्रोलवाला अटोमा भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको ब्रोईलर कुखुरा र मासु मंगलवार ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो ।
    काटेको मासु २ सय ७७ किलो र जिउदो ब्रोईलर कुखुरा १ सय वटा बेवारिसे अवस्थामा रहेको कुखुरा बरामद गरेको ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकले जनाएको छ । उक्त काटेको मासु र ब्रोईलर कुखुरालाई आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन नेपालगन्ज बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology