नेपालगन्ज २८ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वडा न १४ मा कुहिएको दाल वितरण गरिएको छ । पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले वितरण गरेका राहतमा चामलमा कनिका मिसिएको र दाल कुहिएको फेला परेको स्थानियले बताएका छन् । चामल र दाल खराव निस्केको स्थानिय जमाग्री गोडियाले बताउनुभयो । गाउँमा ४÷५ वटा घरमा यस्तै दाल र चामल फेला परेको स्थानियले जनाएका छन् ।
लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहाय, अपांग, बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, एकल महिलाहरुलाई छनोट गरि राहत वितरण गरिएको वडा नं. १४ का वडा अध्यक्ष ओमकार नाथ मिश्राले जानकारी दिनुभयो । वडाले पहिलो चरणमा ४३५ जनाको लगत संकलन गरेको आधारमा राहत वितरण गरिएको वडा अध्यक्ष मिश्राले जानकारी गराउनुभयो । एक घरपरिवारलाई १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, ५ किलो आलु, १ लिटर तेल, १ वटा सावुन, १ किलो नुन, वितरण गरिएको वडा अध्यक्ष मिश्राले जानकारी गराउनुभयो ।

पहिलो चरणमा छुटेका तथा नपाएका नागरिकलाई दोश्रो चरणको लगत संकलन गरि अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष मिश्राले जानकारी गराउनुभयो । यस्तै वडा अध्यक्ष मिश्राले भने बोडिको बोडि ल्याउदा केहीमा भेटिएको होला त्यसमा संका मान्ने विषय नै नभएको उहाँले जानकारी गराउनुभयो । ४ सय ३५ जना मध्ये एक जनामा भेटिएको सुनेछु उहाँले भन्नुभयो । सयौमा एकजना गल्ती भेटियो भने त्यसमा खराव सामान वितरण गरेको भन्न मिल्दैन वडा अध्यक्ष मिश्राले भन्नुभयो । अरु स्थानियवासीहरुसंग नि बुझ्न सकिन्छ उहाँले भन्नुभयो ।


