(Wednesday 28th of October 2026)
`

दुईदिन उपत्यका बाहिर जाने निर्णय सरकारले नै रोक्यो

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    काठमाडौं : लकडाउनका कारण राजधानीमा बसोवास गरिरहेका र आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पु¥याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।
    ‘यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भन्नुभयोे, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।’
    यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो ।
    उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णयपनि भएको थियो । सरकारले व्यवस्था गर्ने सवारी साधनहरु भोलि र पर्सी उपलब्ध हुने, उपत्यका बाहिर जाने व्यवस्था सरकारले गर्ने भए पनि उपत्यका फर्कन नपाइने निर्णय पनि समन्वय समितिले गरेको थियो । ‘लकडाउन’ को अवधिमा यसरी उपत्यका छाड्न चाहनेहरुका लागि सरकारले यस्तो विशेष व्यवस्था गरे पनि त्यसले लकडाउनको निर्णयलाई कमजोर पार्ने भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि सिर्जना भएपछि सरकारले गठन गरेको समिति निर्णयबाट पछि हटेको हो ।
    प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले उच्चस्तरीय समन्वय समितिको निर्णयप्रति सामाजिक सञ्जालबाट असन्तुष्टिसमेत पोख्नुभएको थियो ।(नयाँ पत्रिका बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology