(Saturday 25th of July 2026)
`

पुमा ब्राण्ड काठमाण्डौं कैं मुल्यमा अब नेपालगन्नमा पनि

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा रहेको वेस्टर्न मार्टमा थप एउटा नयाँ आउटलेट संचालनमा आएको छ । नेपालगन्जमा उपमहानगरपालिका सुर्खेत रोड स्थित वेस्टर्न मलमा रहेको आउटलेट शनिवार देखि संचालनमा आएको हो । नेपालगन्ज उपमहानगरपालिका पालिका प्रमुख डा. धवल शमशेर राणाले रिबन र केक काटेर शनिवार उक्त शोरुमको उद्घाटन गर्नुभएको हो ।
    शनिवार उद्घाटन गरी शुभारम्भ गरेको आउटलेटको नाम एजी कलेक्सन राखिएको वेष्टर्न मार्टले जानकारी गराएको छ । नेपालगन्जकै बजारहरु भन्दा सस्तो रहेको वेस्टर्न मार्टका आउटलेटमा विश्वकै चर्चित पुमा ब्राण्डको नयाँ शोरुम संचालनमा ल्याएको छ ।
    पुमाका ब्रान्डका सम्पूर्ण लेडिज एण्ड जेन्ट्स वेयर, ब्याग, क्याप र अन्य ओरिजिनल प्रोडक्टहरु काठमाडौं शोरुमकै मूल्यमा नेपालगन्जमै पनि उपलब्ध गराउने मार्टले जानकारी गाराएको हो । उद्घाटन शुभारम्भको अवसरमा उक्त मार्टले माघ १५ गते सम्म १०% डिस्काउन्टसम्म अफर समेत राखिएको मार्टले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology