नेपालगन्ज : थारु समुदायको माघी पर्व आजदेखि सुरु भएको छ । पुषको अन्तिम दिनदेखि सुरु हुने माघी पर्व आजदेखि सुरु भएको हो । माघ आउन एकदिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको देखिन्छ । थारु समुदायको महान पर्व अर्थात थारु समुदायको नयाँ बर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको स्थानियवासी बताउछन् । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको रौनकतामा झुमेका छन् । गाउँदेखि बाहिर गएका युवायुवती यतिवेला गाउँघरमा माघी मनाउन आएका छन् । घरबाहिर गएका आफन्तसंग माघी पर्व मनाउनुको मजा बेग्लै हुन्छ ठाकुरबाबा नगरपालिकाका युवा विवेक चौधरीले बताउनुभयो । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको चौधरीले बताउनुभयो । माघ महिनाभरी थारु समुदायमा निति निर्माणका कुरा, गाउँघर चलाउने, खेतवारी कस्ले लगाउने, को कहाँ कमाउन जाने, घरमा विवाहका कुरा जस्ता सम्पुर्ण बर्षभरीका लेखाजोखाका कुरा बारे छलफल गरिने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।
पुषको अन्तिम दिनदेखि सुरु हुने माघी पर्व थारु समुदायमा धुमधामका साथ मनाईने गरेको पाइन्छ । पुषको अन्तिमदिन थारु समुदायमा ठुलो बंगुर काटेर गाउँघरका सबै मानिस सामुहिक बाँडफाड गरिने गरेको स्थानिय ललिता थारुले बताउनुभयो । माघको पहिलो दिन भाले नबास्दै नजिकैको नदि खोलामा नुहाई आफुभन्दा ठुलासंग आर्शिवाद लिने चलन रहेको उहाँले बताउनुभयो ।

माघी आउनभन्दा १ महिना अगाडी नै थारु बस्तीमा माघ मनाउनका लागि जाँड, रक्सी र घर लिप्ने जस्ता सबै तयारी गरिने गरेको उहाँले बताउनुभयो । माघी महिनालाई थारु समुदायले नयाँ बर्षको रुपमा समेत मनाउने गरिन्छ । माघी महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने भएको हुनाले कसैसंग रिसराग छ भने त्यो दिन एक आपसमा मिलेर माघ पर्व मनाउने स्थानिय युवा नेता पुर्ण बहादुर चौधरीले भन्नुभयो । थारु समुदायमा माघ १ गते देखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको पुर्ण चौधरीले बताउनुभयो ।

पछिल्लो समय थारु समुदायमा पनि चलनचल्ति अनुसार संस्कृतिमा बिकृति आउदै गरेको अधिबक्ता केवल सिंह थारुले बताउनुभयो । सांस्कृति क्षेत्रमा पहिलेका पुर्खाले छोडेका संस्कृति र सस्कार विर्सदै गैरहेको उहाँले बताउनुभयो । पहिलेजस्तो अहिलेका युवायुवतीहरुले संस्कृति विर्सदै डिजेमा आधुनिकिरण तर्फ लैजादै गरेको उहाँले बताउनुभयो । पहिलेका पुर्खाले देखाएको बाटोलाई अहिलेका युवायुवतीहरुले सस्कारलाई भुल्दै गएका छन् उहाँले भन्नुभयो । हरेक दिन दर्जनौ मादल, नाचगान गर्नेको भिड अहिलेको जमानामा देखिदैन उहाँले भन्नुभयो ।

बिहीवार नेपालगन्जमा थारु कल्याणकारिणी सभा, नगर सभा नेपालगन्जको आयोजनामा माघ मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु भेषभुषा, परिकार तथा नाचगानका साथमा माघ पर्बको शुभकामना अदानप्रदान गरी कार्यक्रम सम्पन्न गरिएको नगर सभपति बासमति थारुले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले महान पर्व माघको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमले थारु समुदायमा एकताको सन्देश दिने बताउनुभयो । उहाँका अनुसार थारु समुदायको हराउँदै गएको संस्कार र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने छ । माघ पर्वको शुभकामना दिर्दैै प्रमुख थारुले भने, अब थारु समुदाय आप्mना पहिचान जोगाउदै, हकअधिकार प्राप्तिका लागि अग्रसर हुनुपर्ने सुझाउनुभयो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि थारु आयोगका सदस्य सुबोध सिंह थारुले शुभकमना मन्तव्य दिदै थारुले आयोगले गरेको कामको बारेमा जानकारी गराउनुभयो । आयोग थारु समुदायको हकअधिकार स्थापितको लागि सरकारसंग पहल गर्दै आएको बताउनुभयो । अब थारु समुुदाय पनि राज्यबाट पाउनु पर्ने हक अधिकारका प्राप्तिका लागि अगाडी बढ्नु पर्ने उहाँको धारणा थियो । कार्यक्रममा शुभकामना अदानप्रदान गर्दै थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले अब आप्mनो हराउँदै गएको संस्कृतिको संरक्षण गर्दै राज्यको हरेक निकायमा पुग्नका लागि युवापिढी नै अगाडी बढ्नु पर्ने बताउनुभयो । कार्यक्रमा थारु कर्मचारीसंघ बाँकेका अध्यक्ष जित बहादुर थारुले युवाहरु सानो उमेर देखि बिभिन्न बिकृतिमा लाग्ने भएकाले अब प्रगातिको बाटोमा लाग्न लागि शुभकामना मार्पmत प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकारिताका क्षेत्रमा लामो समय देखि योगदान पु¥याएका नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष ठाकुर सिंह थारु, थारु कल्याणकारिणी सभामा अबद्ध भई लामो समय सम्म संस्था र वकालतका क्षेत्रमा योगदान पुु¥याएका अधिबक्ता केवल सिंह थारु र शिक्षा क्षेत्रमा लामो समयदान योगदान पु¥याउदै आएका शिक्षक काली प्रसाद थारुलाई दोसल्ला ओढाएर कदरपत्रबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा थारु कलाकारहरुले थारु संस्कृति झल्किने नाचगान प्रस्तुत गर्दा सभागिहरुले भरपुर रमाएका थिए । कलाकारसंगै सहभागी समेत नाचगानका साथमा रमाएका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा बाँकेका पुर्वा सभापति मंगल थारु, सल्लाहकार जागेश्वर सिंह थारु, थारु पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारु, थारु कर्मचारी संघ बाँकेका महासचिव, पुर्ण चौधरी, थारु महिला सभा बाँकेका अध्यक्ष ललिता थारु, ब्रिनोज कान अस्पतालका प्रमुख पुरन थारु, समाजसेबी राजबहादुर चौधरी लगायतका अगुवा बुद्धिजिबीहरुले माघ पर्वका एकआपसमा शुभकामना मन्तव्य दिएका थिए ।


