नेपालगन्ज : १४३ औ मेल्भीन जोन जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब इन्टरनेशल नेपाल डिष्टिक ३२५ बि टु नेपाल एरिया नं. ६ बाँके र बर्दियाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
सामाजिक सेवाको एक शताब्दी वर्ष पार गरिसकेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशल नेपालमा स्थापना भएको पनि ५० वर्ष भै सकेको छ । सामाजिक कार्यमा अग्रिणी संस्थाको रुपमा नेपाल भरी आपतकालिन अवस्थामा तत्काल सहयोग लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय संस्थाको रुपमा परिचित छ ।
देशभरि झण्डै २ हजार क्लब र ५० हजार भन्दा बढी सदस्यहरु यस संस्थाका संस्थापक मेल्भीन जोनको १४३ औ जन्मउत्सव सप्ताह व्यापी रुपमा मनाउने उद्देश्य रहेको आइतवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पौष २४ गते शनिवार (जनवरी ८) बाट माघ १ गते शनिवार (जनवरी १६) सम्म बाँके र बर्दियाका विभिन्न क्षेत्रमा हरेक क्लव तथा लायन्स सदस्यहरुको उत्साहजनक सहभागितामा विभिन्न सेवाका कार्यहरु गर्ने मेल्भीन जोन उत्सव कमिटीले निर्णय गरेको १४३ औ मेल्भीन जोन जन्मजयन्ती तथा सप्ताह व्यापी कार्यक्रमका संयोजक लायन संजय थापाले बताउनुभयो ।
“मेल्भीन जोन जन्मजयन्ती सेलिब्रेसन “उत्सवका साथ बाँके, बर्दिया, दाङ, सुर्खेत र सुदुपश्चिम प्रदेशका सिनियर लायन्स तथा लायन्स सदस्यहरुको उत्साहजनक उपस्थितिमा सेलिब्रेशन प्रोग्राम आयोजना गरिएको उहाँले बताउनुभयो । शनिवारदेखि सुरु भएको सप्ताह व्यापी कार्यक्रममा न्यानो कपडा वितरण, स्वास्थ्य शिविर, मास्क एवं गिफ्ट हस्तान्तरण, स्कूल ड्रेस वितरण, विरुवा हस्तान्तरण, व्याडमिण्टन प्रतियोगीता, वक्तृत्व प्रतियोगिता, खिचडी प्रोग्राम, रक्तदान कार्यक्रमको आयोजना गरिएको संयोजक थापाले जानकारी गराउनुभयो ।
