(Saturday 25th of July 2026)
`

चौधरी र महतराले मितको नाता गाँसे

  • सगरमाथा गन्तब्य
  • 11.3K
    SHARES

    नेपालगन्ज – माया प्रेम र स्नेह जोडिएपछि मन मस्तिष्क साथी त्यही हुन्छ । दुई जनाविचको सम्वन्ध सुमधुर प्रेम र मिलनसार साथीको रुपमा । मान्छेको सबैभन्दा नजिक परिवारका सदस्यहरु पर्ने गर्दछन भने अर्को नजिक भनेको अति मिलनसार साथी । दुख, कष्ट र खुसीमा संधै साथ दिने त्यही साथी नै हुन्छ । तर साथी पनि फरक फरक प्रकृतिका हुने गर्दछन ।
    कोही आफनै गाउँ घर छिमेक समुदायमा संगै बस्ने पढ्नेदेखिको नजिकको साथी कोही भनेपछि युवा अवस्थामा साथी बनाउने गर्दछन । यस्ता थुप्रै उदाहरणहरु रहेका छन । मित नाता भनेको सबै कुरामा साथ दिने र परिवारिक जस्तै बन्न पुग्छ । यस्तै दुई जना व्यवसायिक प्रतिष्ठत व्यक्तीले मित जेडेका छन ।
    बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र व्यवसायी कालीकोट निवासी प्रेम बहादुुर महतराले विधिपुर्वक विशेष पुजाआजा गरि मित लगाएका छन । नेपालगन्ज बागेश्वरी मन्दिरमा उहाँ दुबै जनाले बुधवार पुजापाठ गरि मित लगाएर आत्मिय साथी बन्नुभएको छ । पहिलो पटक उहाँहरुविच साथीको नाता शुरु भएको छ ।
    शुभकालिका–८ कालीकोटका ५६ वर्षिय महतराले भन्नुभयो म चौधरी जीलाई करिब १५ वर्षदेखि चिन्छु, धेरै पटक भेटघाट भएको छ, म एउटा राम्रो साथीको खोजीमा रहेको थिए । तर चौधरीबाट म प्रभावित भएर सम्वन्धको नाता जोडेको छु । उहाँले साथीको नाता निस्वार्थ भावनाबाट उत्प्रेरित भएर नाता गाँसेको बताउनुभयो ।
    यता नरेन्द्र कुमार चौधरीले आफुलाई पहिलो पटक साथीको प्रस्ताव आएपछि मेलै सहज रुपमा स्वीकार गरेको बताउनुभयो । मित जोडिएका दुबै जनाले साथीको नाता जीवन्त बनाउने प्रतिबद्धता गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology