(Wednesday 28th of October 2026)
`

सगरमाथा स्कूलद्धारा अति विपन्न परिवारका लागि सहयोग प्रदान

  • सगरमाथा गन्तब्य
  • 29.3K
    SHARES

    नेपालगन्ज २५ चैत्र
    विश्वभर कोरोना भाइरसको संक्रमण बढदै गएको छ । कोरोनाको संक्रमण बढदै जाँदा नेपाल सरकारले पनि यसको उपाय र रोकथामको लागि लकडाउन घोषणा गरेको आज १४ दिन पुरा भएको छ । लकडाउनको कारण बन्दमा परेका नागरिक अहिले मारमा परेका छन् । अति विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवार झनै मर्कामा परेका छन् । उनिहरुको पिर मर्कालाई बुझ्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सगरमाथा ई.मि. हाई स्कुलले सहयोग प्रदान गरेको छ ।

    मंगलवार वडा नं. १८ का वडा अध्यक्ष दिपक कुमार बर्मालाई स्कूलका संस्थापक सदस्य लक्ष्मी जिसीले २२ हजार ३०० को चेक हस्तान्त्रण गरि सहयोग प्रदान गर्नुभएको हो । चेक हस्तान्त्रण गर्दै संस्थापक सदस्य जिसीले लकडाउनको समयमा आफ्नो घरमा जान नसेका, दैनिक मजदुरी गर्ने र रिक्सा चालक जस्ता परिवारलाई केही भएपनि राहत मिलोस भनेर सानो सहयोग प्रदान गरेको संस्थापक सदस्य जिसीले जानकारी गराउनुभयो । यस्तो विपदमा वास्तविक गरिवी अति विपन्न परिवारले राहत पाउनु पर्ने उहाँले धारणा राख्नुभयो ।


    वडा नं. १८ मा अति विपन्न परिवार र दैनिक मजदुरी गर्ने २० जना नागरिकलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर खाने तेल, एक पोका नुन, २ किलो आलु राहत प्याकेज सामाग्री सगरमाथा स्कूलले प्रदान गरेको वडा अध्यक्ष बर्माले जानकारी गराउनुभयो । यस्तो विपदमा सगरमाथा स्कुल जस्ता मनकारी हातहरुको खाँचो रहेको अध्यक्ष बर्माले जानकारी गराउनुभयो । वडामा पहिलो चरणको राहत वितरण गरिसकेका छौं, अव दोश्रो चरणमा घर भाडामा बस्ने र अति विपन्न परिवारको लागि राहत सामाग्री जुटाई वितरण गरिने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology