(Thursday 29th of October 2026)
`

वल्र्ड हाप्किडो च्याम्पियनसिपमा सहभागि हुने नेपाली खेलाडीलाई पोखराबाट बिदाई

  • सगरमाथा गन्तब्य
  • 9.7K
    SHARES

    मो मोहसिन समीर– नेपालबाट वल्र्ड हाप्किडो च्याम्पियनसिपमा सहभागि हुने नेपाली खेलाडीहरुको पोखराबाट बिदाई गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा खेलाडीको विदाई गर्नुभयो । उहाँ खेलाडीलाई खादाँ लगाएर विदाई गर्नु भएको छ । विदाई कार्यक्रममा बोल्दै उहाँले राज्यले खेलाडीलाई पयाप्त सेवासुविधा उपलब्ध गराउन नसकेको बताउदै प्रशिक्षक र खेलाडीहरुको आफनै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल र नेपालीको पहिचान गराएका छन उहाँले भन्नूभयो ।
    उहाँले खेलाडीको प्रयासबाट प्राप्त सफलताबाट हामीले गौरव गर्ने अवसर पाएका छौ भन्दै प्रदेश सरकारले पूर्वाधार र खेलाडीको प्रोत्साहनका लागि प्रयास गर्ने सुझाउ दिनुभयो । उहाँले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना दिदै प्रतियोगिताबाट फर्किदा फेरी स्वागत गर्न पाउने अपेक्षा ब्यक्त गर्नुभयो ।
    आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनशिपमा ९ खेलाडीले सहभागिता जनाउने नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकीका उपाध्यक्ष तारा थापा मगरले जानकारी दिनुभयो । एक महिने बन्द प्रशिक्षणमा २० जना सहभागी भएका र ती मध्यबाट नौ जना छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघहरुले खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । जुनसुकै पार्टीबाट नियूक्त भएपनि खेलकुद र खेलाडीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङ, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालिबहादु घर्तीमगर, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी अध्यक्ष एमबी आस्था मगर, संघका उपाध्यक्ष तारा थापा मगर लगायतले आ आफ्नोे आफ्नोे कुराहरु बोल्नुभएको थियो ।
    नेपाल मार्शल आर्टस हाप्किडोको एक महिने बन्द प्रशिक्षण सम्पन्न भएसंगै खेलाडहरुको विदाई गरिएको हो । देशका विभिन्न जिल्लाका खेलाडीहरु रहेका र प्ररशिक्षणका क्रमममा सामान्य घाइते समेत भएकाले केही समय विश्राम गर्ने र प्रतियोगिताका लागि जाने संघले जानकारी गरएको छ । यसैवीच प्रशिक्षमा सामान्य घाइते गुमान घले मगरलाई गण्डकी प्रदेश खेलकुद परिषद सदस्य शुभकन्या गुरुङले नगद एक हजार प्रदान गर्नुभयो ।कार्यक्रम बन्द प्रशिक्षण संयोजक एवं हाप्किडो संघ गण्डकी प्रदेश सदस्य खेमहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने सुशान गाहा मगरले सञ्चालन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology