(Wednesday 28th of October 2026)
`

विकृति र अराजकता मौलाएका कारण समाजमा अपेक्षित रूपान्तरण हुन सकेन उप सचिव खतिउडा

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    महेन्द्रनगर । कञ्चनपुरमा एकल महिला समुहको आयोजनामा सुरु भएको ४ दिने उधमशिलता तालिम बिहिबार सम्पन्न भएको छ ।
    नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता कार्यक्रमले कञ्चनपुर र डोटीका ४० जना महिला जनप्रतिनिधी, एकल महिला र दलित महिलाहरुको सहभागितामा सुरु भएको तालिमको समापन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले महिलाले महिलाहरुलाई आत्मनिर्भर हुन आवश्यक रहेको बताउदै भन्नुभयो, महिलाले राजनीतिक नेतृत्वका लागि मात्र नभई हरेक क्षेत्रमा बलियो हुन जरुरी रहेको बताउनु भएको थियो ।
    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव मन्जु खतिउडाले विचार र व्यवहारको तालमेल नमिलेको, सोचमा परिवर्तन नआएको, विकृति र अराजकता मौलाएका कारणले समाजमा अपेक्षित रूपान्तरण हुन नसकेको बताउँदै सिर्जनाका माध्यमबाट रूपान्तरण अभियान चलाउन आग्रह गर्नुभयो ।
    उपसचिव खतिउडाले उहाँले तालिममा सहभागि महिलाहरुलाई उद्यमशीलताका माध्यमबाट समाज रूपान्तरणका लागि आशाको किरण छर्न आग्रह गर्नुभयो ।
    एकल महिला समुहकक कञ्चनपुरका अध्यक्ष जानकि जोशिको अध्यक्षतामा समापन भएको कार्यक्रममा आयोगका सदस्य एंव WHR परियोजाका संस्थापक अध्यक्ष थापाको प्रमुख अतिथिथ्यतामा सम्पन्न भएको कार्यक्रमको बिशिष्ट अतिथिमा उप–सचिव मन्जु खतिउडा रहनु भएको थियो ।
    कञ्चनपुरको बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिका तथा डोटीको पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाबाट जनप्रतिनिधिहरुलाई तालिममा सहभागिता गराइएको कार्यक्रम संयोजक बिरबहादुर नेपालीले जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology