बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो । अमेरिकाका लागि पटेलले शतकीय इनिङ खेले । उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन बनाएका थिए । त्यस्तै निसागर पटेलले २१ रन, सुशान्त मोडानी र कारिमा गोरेले समान १६–१६ रन, स्टिभ टेलरले १४ र अविशेक परादकरले १३ रन जोडेका थिए ।
बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले एक विकेट लिएका थिए । नेपालले दोस्रो खेलमा आज ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आउँदो आइतबार ओमानसँग खेल्ने छ । न्युज २४ नेपालबाट
