(Wednesday 28th of October 2026)
`

“म नारी हुनुमा गर्ब गर्छु”

  • सगरमाथा गन्तब्य
  • 17.1K
    SHARES

    पुजा बि.सी. – नारी श्रृष्टि हो । सम्हालेर राख्न सिक । नारी मायाको खानी हुन, सम्मान गर्न सिक । नारी शक्तिको भण्डार हुन, उपयोग गर्न सिक । नारी काली, दुर्ग, चण्डी हुन तिनबाट बच्न सिक । नारी हुनुमा गर्व छ मलाई, सायद सबै नारी आफु नारी हुनमा गर्ब नै गर्नुहुन्छ । विशेषत उहाँहरुले नै आफ्नो भित्र भएका क्षमता अनि ताकतलाई चिन्नु भएको छ । यदाकदा सुनिन्छ । किन नारी भएर जन्मेहोला त्यो उहाँहरुको गल्ती हैन त्यो त हाम्रो हिन्दु समाज अनि यो पुरुष प्रधान देश र हाम्रो नेपाली समाजको कमजोरी हो । हरेक जिवनको अन्त्य हुन्छ । त्यसमा नारी अन्त्य कहिले हुदैन किन कि नारीले आफुले सन्तानलाई जन्म दिएर पुर्नजन्म लिई सकेको हुन्छिन त्यसैले त भनिन्छ नारी अमर हुन्छिन । मैले यसरी भनिरहदा तपाई पाठकलाई लागिरहेको छ कि घमण्ड गरिरहेको छ । समाजमा यतिका अनैतिक कार्यहरु भईरहदा मैले यस्तो लेख्नु सान्दर्भिक होला नहोला मलाई थाहा छैन तर मलाई यति थाहा छ म नारी हुनुमा गर्ब गर्छु । मलाई थाहा छ मेरो समाज कस्तो छ । त्यसलाई म कसरी लिन्छु । म जुन समाजमा जन्मे, जुन समाजमा हुर्के म त्यो समाजको सम्मान गर्छु, मलाई माया लाग्छ यस्तो समाजमा जन्मेकोमा विकसित हुदै जान्छ अनि विकासको लहरसंगै नारी शसक्तिकरण हुन्छ ।

    समाजले काचुली फेरेसंगै नारीहरु प्नि शक्तिमा आउन्छन, मैले यसरी शक्ति भनिरहदा घरको मुखिया भन्न जोखेको चाही पक्कै हैन, मैले उनिहरुलाई समाजले हेर्ने दृष्टिकोण पुरुषहरुले गर्ने व्यवहारको कुरा गरेको हो । नारीको विकास हुनमा पुरुषको पनि भुमिका उल्लेखनिय रहन्छ । पुरुषहरुलाई नै यसप्रति जिम्मेवार बनाउन पर्ने देखिन्छ । घरमा शूरु गरेर समुदाय हुदै राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तर सम्म पुरुषहरुलाई सिकाउन जरुरी छ कि नारी विनाको पुरुषको कल्पनासम्म गर्न सकिदैन । उनिहरु भुण अवस्थादेखि बृद्धि विकास हुदै सफल जिवन विताउनको लागि नारी चाहिन्छ । उनिहरुको पहिलो घर भनेको उसको आमाको कोख (गर्भाशय) हो । त्यसैले यो बुझ्न जरुरी छ कि आफनो घर पहिलो घर लाई सुरक्षित गराउन नसक्नु त्यो पुरुषहरुको कमजोरी हो । त्यही भएर उनिहरुलाई बच्चा बेलादेखि नै यस्ता कुराहरु सिकाउनु अति आवश्यक छ । यसरी बच्चै देखि सिक्दै गएको छोराले जवान भएर आफुले पनि अति आफ्नो साथीभाईहरुलाई पनि त्यही कुरा सिकाउछ । जुन उसले सिकेको हुन्छ । र यो कुरा तुरुन्तै सम्भव होला नहोला तर कुनै न कुनै विन्दुमा अवश्य सार्थकता पाउने छ । समाजले कोल्टो फोर्नेछ, आमा असुरक्षित थिए तर उनका नातिनि छोरीहरु पक्कै सुरक्षित हुनेछन । नारीलाई देखेपछि सम्मानको भावना जगत हुनेछ सबै पुरुषको मनमा, चाहे ती उनिकी आमा हुन या फेरी अन्तत सांस्कृति बोकोको हाम्रो समाज नारीलाई देवि मानेर पुजा गर्छ । शक्ति अनि प्रेरणको श्रोत ठान्छ साच्चै नेपाली समाज र संस्कृतिको छुट्टै पहिचान छ । तर कहिले काही दुख लाग्छ ति अवोध बालिका बलात्कार भएर मारिदा के दोष थियो र उनिहरु जो जिवन जिउन नपाउदै सकिन्छ ।

    र त्यही कुरालाई लिएर न्याय माग्न जादा उल्टै अपमान र बेजती सुन्नु पर्छ । के सहन कै लागि मात्र जन्मेका हुन त नारी जाती ? तपाई नारी वा पुरुषको हुनुहुन्छ एक पल्ट अवश्य सोच्नुस त ? हाम्रो समाजमा सभ्य र उच्च दर्जाका मानिनेहरुकै मुखबाट सुन्छि जे हुन्छ त्यसको जिम्मेवार स्वय उनिहरु नै छन रे । यस्तो नि हुन्छ कहि ३ बर्षकी बालिकाको के भुमिका हुन्छ र बलात्कृत हुनमा अनि ५५/६० बर्षकी आमाको नी आज त्यति मात्र हैन उनिहरुको मुद्दालाई लिएर बोलीदिने मान्छे, समाज, सरोकारवाला निकाय पनि अछुतो छन र ? भन्छन पहिलो आफु नि त्यस्तै थिई अहिले अधिकारका कुरा गर्छ । साच्चै मन स्तव्ध हुन्छ यस्ता कुराहरु सुनिरहदा । हाम्रो समाजमा नारीको सम्मान हुन्छ, पुजा गरिन्छ अनि त्यही नारीलाई अपमान बेईजती, तिरस्कार अनि घृणा गरिन्छ के साँच्चिकै यही अवस्था रहिरहन्छ कहिले सम्म । आखिर कहिलेसम्म सुनेकी थिए समाज परिवर्तनशिल हुन्छ । श्रीमति नै, मैले यसरी भन्दै गर्दा कति पुरुषहरुले भन्नुहोला पुरुष विरोधी भनेर । पक्कै पनि यस्तो हुदै हैन । म उहाँहरुलाई सम्मान गर्छु, माया गर्छु, आदर गर्छु जो यसको लायक हुनुहुन्छ । सवै पुरुषहरुलाई महिलाका हरेक सवालमा आवद्ध गराउन पर्ने अहिले अति आवश्यकता देखिन्छ । तपाई आफ्नो घर, समुदाय अति समाजमा एक पल्ट नियालेर हेर्नुस त ? पक्कै अव त केही गरौ दिनहु बलात्कार अनि हत्या यस्ता समाजारहरुले कहिलेसम्म आफ्नो मनलाई अहिलो बनाउने, अनि कहिलेसम्म यस्ता अपराधमा संलग्नहरुलाई खुलेआम आफ्नो मनमर्जी चलाईरहन दिने ? के यसरी नै हरेक दिन छुट्नको जिवन बाची रहने कहिले सम्म आखिर कहिलेसम्म ? अव अति भो सहने क्षमता पनि बाँकी छैन । अपराधीलाई लुकाउन तिर हैन अपराध हुन नै नदिन एउटा सभ्य समाजको निर्माण गर्न तिर सहकार्य गरौ अनि त बन्ने छ एउटा सभ्य समाज अनि भन्ने छन हरेक नारीले मलाई नारी हुनमा गर्व छ । छ मलाई नारी भएर जन्मेकोमा गर्व छ । साथै नारीहरुको महान पर्व हरितालिका तिजको हार्दिक मंगलमय सम्पुर्णमा शुभकामना ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology