(Wednesday 28th of October 2026)
`

‘आर्टिस्टिक द मेकअप स्टुडियो एण्ड एकेडेमी’ नेपालगन्जमा प्रोफेसनल कक्षा शुरु

  • सगरमाथा गन्तब्य
  • 15.2K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा रहेको ‘आर्टिस्टिक द मेकअप स्टुडियो एण्ड एकेडेमी’ मा विभिन्न खालको क्लास शूरु भएको छ । छोटो समयमा आफ्नो प्रचारप्रसारलाई तिव्रता दिदै आर्टिस्टिक द मेकअप स्टुडियोले धमाधम भर्ना गरि क्लास सुरु गरेको हो । नेपालगन्जमा पहिलो पटक ‘आर्टिस्टिक द मेकअप स्टुडियो एण्ड एकेडेमी’ सञ्चालनमा आएपछि मेकपलाई विशेष प्राथमिकता दिएर ब्यूटिसियन तालिम दिने उद्देश्यकासाथ तालिम धमाधम संचालन भैरहेको आर्टिस्टिकका संचालक अरुणा चौधरीले बताउनुभयो । काठमाण्डौंमा मेकअप मास्टर्स गरेर आफ्नै क्षेत्रका महिलादिदीवहिनीहरुलाई पनि केही गराउनु पर्छ भन्ने उद्देश्यका साथ स्टुडियो संचालनमा ल्याएको चौधरीले बताउनुभयो ।


    नेपालगन्जको न्युरोडमा रहेको आर्टिस्टिक स्टुडियो करिब २५ लाख लगानीमा संचालनमा ल्याएको उहाँले बताउनुभयो । मेकअप स्टुडियो एण्ड एकेडेमीमा ४ वर्षे कोर्स बारे तालिम सञ्चालन गरिनुका साथै ब्यूटिसियन सम्बन्धि सबै सेवा उपलब्ध रहेको सञ्चालक अरुणाले जानकारी दिनुभयो । तालिमका लागि नेपालगन्जका धेरै टिन एजका यूवतीहरु र ब्यूटिसियनहरु सम्पर्कमा आएकाले उहाँले बताउनुभयो । संचालक अरुणाले एक महिना मै प्रोफेसनल कक्षा, मास्टर कक्षा, सेल्फ मेकअप कक्षा र प्राईभेट कक्षा संचालन भैसकेको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology