(Saturday 25th of July 2026)
`

पत्रकारको दायित्व, कर्तब्य र समाजमा हेर्ने दृष्टिकोण

  • सगरमाथा गन्तब्य
  • 32.8K
    SHARES

    कृष्ण जि.सी : नेपालगन्ज –  देशको राजनीतिक, सामाजिक, सास्कृतिक एवं आर्थिक परिवर्तनमा अग्रगामी भुमिका पत्रकारहरुले खेल्दा पत्रकार प्रति गर्व छ । पत्रकार हुनुमा गर्व छ । प्रत्येक राष्ट्रको राजनितिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहेको छ । पत्रकारिता देशको चौथो अंग भन्ने हामी स्पष्ट छौ । पत्रकार आचारसंहिता अनुशासनको कसि हो सो पालना गर्नु हामी पत्रकारको दायित्व हो । राजनिति, अर्थ, प्रसाशन, न्याय, सुरक्षा, विश्व बर्माण्ड आदिको सत्य र तथ्यको आधारमा समाचार सम्प्रेषण गर्नु हामी पत्रकारको अहम भुमिका बन्दछ । समाचार सम्प्रेषणको अर्थ जनतालाई सुसूचित पार्नु र सरकार प्रशासनलाई सुचना संवाहक पनि बन्नु हो । पत्रकार आफैमा शालिन सयमशिल भद्र हुनुपर्दछ । खोजमुलक क्षमता, गहन अध्ययन, विश्लेषणात्मक ज्ञान, शिष्ट सङ्कलन र प्रस्तुतिकरण आफैंमा अपरिहार्य बन्दछ । कुनै घटना एवम् खोजमुलक बिषयको समाचार प्रवाह गर्दा वास्तविक तथ्य र सत्यताको आधारमा हुनुपर्छ नकि पत्रकारले आबेग र उत्तेजनाको आधारमा एवम् प्रतिसोधका लागि हुनुहुदैन । हामी पत्रकार मात्र कहाँ भ्रष्टाचार, चोरी, हत्या भएको छ भन्ने नकारात्मक सोचका साथ खोजका लागि हिड्छौ यथार्थमा सकारात्मक सोचका साथ हिडौ नकारात्मक विषय आफैमा पता लाग्छ ।

    हामीमा चुनौतीहरु पनि छन सो बाबजुद पत्रकार समाज रुपान्तरणको संवाहक एवम् नागरिक सचेतनाको आधार पनि हुन । इमान्दारिता, स्पष्टता , बौद्धिकता उनका मुलभूत बिशेषता हुन । उनले इमान्दारिताका साथ स्पष्ट प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नुपर्छ । मेरा गलत कलम चलाईले कतै कोहि ब्यक्ति सस्था बिशेषको मान प्रतिष्ठामा आँच आउने काम त गरिरहेका छैनौ भन्ने बिचार गर्नुपर्छ । ब्यतिगत इगोको आधारमा राजनितिक चिन्तनको आधारमा आफुलाई आडम्बरी बनाउदै गलतलाई ढाकछोप गर्ने सहिलाइ तोडमोड गरेर समाचार सम्प्रेषण गर्ने कार्य गर्नुहुदैन । के यस्ता फरक फरक प्रबृृत्तिजन्य भ्रामक समाचारबाट जनता कसरी सुसुचित हुने र कुन यथार्थ हो भनि आँकलन गर्ने । हामी हाम्रा सन्ततिलाई कस्तो शिक्षा दिईरहेका छौ यो सोचनिय भएको छ ।

    लोभ र लालच परिपुर्तिका लागि समाचार, रिसिवि साधका लागि समाचार, प्रतिशोधका लागि समाचार, आडम्बरीताको पर्दशनका लागि समाचार सम्प्रेषण गर्दछौं भने हामी पत्रकार प्रतिष्ठित होईन कलङ्कित बन्ने छौ जसले गर्दा आगामी पिढिले धिक्कारने छ । हामी वकिल होईनौ मुद्दा जित्नैपर्ने, हामी सेना होइनौ शत्रुलाई परास्त गर्नैपर्ने हामी त सत्य र तथ्य चित्रण गरिदिने हाम्रो दायित्व हो सो हामी बौद्धिकताको गहिराईमा विवेकपूर्ण तवरले गर्नुपर्छ । अन्तमा सम्पुर्ण न्यायप्रेमी बिद्धान पत्रकार साथीहरु मन बचन र कर्मले निष्ठापूर्वक निश्पक्ष भई शालिन ब्यवहारमा शिष्ट शब्द भण्डारको प्रयोग गरि समाचार सङ्कलन गर्हौ, यथेष्ट प्रमाण जुटाई समाचार बनाऔ, लोभ, लालच र आडम्बर दम्भलाई त्यागौ कर्मठशिल र योग्य पत्रकार बनौ र समाज रुपान्तरणको मार्गचित्र निर्माणमा ऐक्यबदध्ता कायम गर्हौ भन्ने अपेक्षा गर्दछु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology