(Wednesday 28th of October 2026)
`

वडा नं. २ मा पहिलो चरणको राहत वितरण सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 10.5K
    SHARES

    नेपालगन्ज २२ चैत्र
    नेपालगन्ज उपमहानगरपालिका वडा न २ वडा कार्यालयले पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्तम लागु गरि घरघरमा राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहाय, अनाथ, अपांग, बालबालिका, जेष्ठ नागरिक, दिर्घ रोगी, गर्भवती महिला, एकल महिलाहरुलाई छनोट गरि कुपनको समय अनुसार घरघरमा पुगेर राहत वितरण गरिएको वडा अध्यक्ष सुनिल सिंह हमालले जानकारी दिनुभयो । स्थानिय जनप्रतिनिधि, युवा, नागरिक समाज लगायतको टिमले पहिलो चरणमा २०० जनाको लगत संकलन गरेको आधारमा शुक्रवार १८७ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो ।

    एक घरपरिवारलाई १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, ५ किलो आलु, १ लिटर तेल, १ वटा सावुन, १ किलो नुन, वितरण गरिएको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो । १३ जना स्थानिय वडावासी अन्यत्र गएको कारण वितरण गर्न नसकेको र सम्पर्कमा आए वितरण गरिने उहाँले जानकारी गराउनुभयो । दोश्रो चरणको लगत संकलन गरि छुटेका अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology