नेपालगन्ज – नेपालगन्जवासीको लागि ठुलो सपना थियो त्यो सपना नेपालगन्ज उपमहानगरपालिकाले चकनाचुर बनाएको छ । नेपालगन्ज शहर नगरपालिकादेखि उपमहानगरपालिका भइसक्यो अझ महानगर बनाउने कुरा चलिरहेको छ । बढ्दो शहरको चाँप र जनसंख्या उस्तै गतिमा बढिरहेको छ । जनसंख्याको चाँपले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा केही बर्ष अगाडी आकाशे पुल निर्माण गर्ने डिपिआर तयार भयो, नेपालगन्ज उपमहानगरपालिकाबाट बजेट पनि पारित गरियो । नगरवासीका लागि खुसीको खबर थियो अब केही समयपछि नेपालगन्ज शहरमा पनि आकाशे पुल निर्माण हुन्छ भनेर । आकाशे पुलको लागि ठेकेदारलाई ठेक्का पनि दिइयो, पैसा नि लग्यो तर विडम्बना अब नेपालगन्जमा आकाशे पुल निर्माण नहुने देखिएको छ । यस आर्थिक बर्षमा नेपालगन्ज उपमहानगरपालिकाले आकाशे पुलको लागि छुट्याएको बजेट नै विनियोजन गरेन । जसको कारण नगरवासी दुखि भएका छन् । कहिले बन्ला आकाशे पुल भनिरहने नेपालगन्जवासीको सपना चकनाचुर भएको छ । बढ्दो जनसंख्या र सवारी साधनका कारण धम्बोझी क्षेत्रमा ट्राफिक नियन्त्रण गर्न निकै समस्या हुन थालेपछि नेपालगन्ज नगरपालिकाले सो निर्णयलाई सहजताका साथ स्विकार्यको थियो । आकाशे पुल बनेपछि नगरको रौनक झन बढ्ने तथा आवागमन सहज हुने विश्वास रहेको नेपालगन्जवासीको लागि यसबर्ष भने दुर्भाग्य रहेको स्थानिय व्यवसायी नन्दालाल बैश्यले बताउनुभयो । अहिलेको विकासक्रमले सानो सानो शहरमा पनि आकाशे पुल आवश्यकता छ तर ३ प्रदेशकै ठुलो शहरमध्ये पर्ने भएको हुनाले यहाँ त झनै आवश्यता छ तर के कति कारणले आकाशे पुलको योजना यसबर्ष नगरले पारेन यसमा हामी सबैलाई घोर आपत्ती भएको उहाँले बताउनुभयो ।
नेपालगन्ज–पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा ट्राफिक नियन्त्रणका लागि आकाशे पुल निर्माण गरिने निर्णय भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी ट्राफिक जाम हुने स्थान धम्बोझी चोकमा ‘आकाशे पुल’ बनाउने निर्णय गरेपछि गत आर्थिक बर्ष बजेट पनि विनियोजन ग¥यो, डिपिआरको लागि ठेकेदारलाई रकम पनि दिईयो र हात्ती आयो हात्ती आयो फुस्स भने झै यस बर्ष भने नेपालगन्ज नगरले आकाशे पुलको लागि योजना नै कुम्ल्याएको छ । यसको लागि नेपालगन्जवासीले घोर विरोध जनाएको र मेयरको मनोमानीतन्त्र भएको नेपालगन्ज उपमहानगरपालिका ७ का वडा अध्यक्ष जुम्मन खाँले भन्नुभयो । नेपालगन्जवासीको लागि आकाशे पुल अति आवश्यकता भित्र पर्छ बरु अन्य ठाउँको योजना कटौती गरेर पनि आकाशे पुलको लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले जानकारी गराउनुभयो । मेयरको मनोमानीतन्त्रले आकाशे पुलको योजना अन्यत्र सारिएको हो वडा अध्यक्ष खाँले भन्नुभयो ।

नगरप्रमुख डा. धवल समशेर राणाले उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको जानकारी गराउनुभयो । डिपिआरको लागि केही बजेट पनि ठेकेदारलाई दिईयो ठेकेदारले पैसा फिर्ता दिएको छैन् । तर आकाशे पुलको लागि यस बर्ष अन्ततः योजना नै कार्यपालिकाबाट सदर नभएको उहाँले जानकारी गराउनुभयो । गतबर्ष बजेट छुट्याइसकेको थियो उहाँले भन्नुभयो छिटै डीपीआरको काम सुरु गरि नेपालगन्जलाई नमुना सहर बनाउने क्रममा यो एक कदम चालिएको उहाँले जानकारी गराउनुभयो । यस बर्ष योजना मै परेको छैन, अब आउने मेयर लगायतका जनप्रतिनिधिले आकाशे पुल बनाउने उहाँले विश्वस्त व्यक्त गर्नुभयो ।
बाँकेको नेपालगन्ज शहर पश्चिम नेपालकै ठुलो शहर मानिन्छ । यहाँ हरेक धर्म समुदायको बसोबास रहेको छ । नेपालगन्ज शहरमा दैनिक बजारीकरण र मानिसको चाँपले जनसंख्या बढ्दो क्रममा छ । सवारी साधान र मानिसको चाँपले आवतजावत गर्न गाह्रो हुने नगरमा आकाशे पुल बन्ने सुनेपछि नेपालगन्जवासी झनै खुसी थिए । आकाशे पुलले नेपालगन्जको शौन्दर्य झनै मनमोहक बनाउनेमा विश्वस्त थिए यहाँका वासिन्दाहरु । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको व्यापारिक केन्द्र भनेर चिनिने नेपालगन्ज बजारमा आकाशे पुलको अति आवश्यक छ ।
