(Wednesday 28th of October 2026)
`

जेब्रा क्रसिङ्गमै पार्किङ्ग

  • सगरमाथा गन्तब्य
  • 21.1K
    SHARES

    नेपालगन्ज – बाँकेको नेपालगन्ज बजारमा चोक चोकमा जेब्रा क्रसिङ्ग बनाईएको छ । जिल्ला ट्राफिक प्रहरीले जेब्रा क्रसिङ्ग बनाएर सर्वसाधारणलाई हिडदुल गर्न सहज होस भन्ने हेतुले जेब्रा क्रसिङ्ग बनाएको हो । तर जेब्रा क्रसिङ्गको मान्यता नबुझी जताततै पार्किङ गरिएको देख्न सकिन्छ । चोक चोकमा जेब्रा क्रसिङ्ग छ तर जेब्रा क्रसिङ्गमै सवारी साधान पार्किङग गरिएको हुन्छ त्यस तर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् । जेब्रा क्रसिङ्ग भनेको पैदल यात्रुहरुलाई सहज रुपमा बाटो काट्नको लागि छुटईएको स्थान हो । जेब्रा क्रसिङ्गबाट पैदल यात्रुले सडक पार गर्दा सवारी चालकहरुले गाडी कम गतीमा हाक्ने र आफ्नो सवारी साधान राखेर पैदल यात्रुलाई बाटो पार गर्न सहयोग गर्नुपर्दछ । तर यहा सवारी चालकहरुले हेक्का नपु¥यादाँ खासगरी अपाङ्गता भएका व्याक्ति, वृद्ध, महिला तथा बालबालिका झनै समस्यामा पर्ने गरेका छन् । जेब्रा क्रसिङ्गमै पार्किङग गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको स्थानिय एक नागरिकले भन्नुभयो । जेब्रा क्रसिङ्गमा बाइक पार्किङ्ग गर्न हुन्छ र ? अनि मानिस कहाँ बाट बाटो काट्ने स्थानिय श्वेता गुरुङले गुनासो गर्नुभयो ।
    बाटोभरी पार्किङ गरिएको हुन्छ बटुवालाई बाटो काट्न गाह्रो हुन्छ उहाँले भन्नुभयो । जेब्रा क्रसिङ्ग पनि राम्रोसंग देखिदैन जथाभाबी पार्किङ गरिने भएको हुनाले सर्वसाधारणलाई सडकमा हिड्न गाह्रो हुने गरेको स्थानिय एक नागरिकले भन्नुभयो । नगरका विभिन्न स्थानमा गरिएको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न ट्राफिकले कदम चालेपनि यसको साथ सहयोग स्थानियवासीले नगरेको उहाँले बताउनुभयो । बारम्बार अव्यवस्थित पार्किङले गर्दा पैदलयात्रुलाई सास्ती खेप्न परेको उहाँले बताउनुभयो ।


    नेपालगन्जमा गरिएको अव्यवस्थित पार्किङले पटक पटक जानकारी गराउदा र जरिवाना काट्दा समेत अटेरी गरिएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले जानकारी गराउनुभयो । जेब्रा क्रसिङमा पार्किङ गरिएको कारण सहजता कायम गर्न नगरपालिका, वडा कार्यालय र ट्राफिक प्रहरीको सम्मन्वयमा व्यवस्थापन गर्न समेत गाह्रो भैरहेको उहाँले जानकारी गराउनुभयो । जेब्रा क्रसिङ्गमा बाटो काट्दा पैदल यात्रुलाई सवारी साधनले ठक्कर दिएमा हदै सम्मको कारवाहीको व्यवस्था रहेको बताउनुभयो ।
    जेब्रा क्रसिङ्गमा हिडेरहेको यात्रु देखेमा सवारी चालकले आफ्नो गाडीलाई रोकेर वा गती कम गरेर पैदल यात्रुले बाटो काटेपछि मात्र आफ्नो सवारी अगाडी बढाउनु पर्दछ । जेब्रा क्रसिङ्गमा पैदल यात्रुले बाटो काटि रहँदा सवारी साधान अगाडी बढाइएको पाइएमा कारवाही हुन्छ उहाँले भन्नुभयो ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा अव्यवस्थित तरिकाले पार्किङ गरिएका आ.ब. २०७७÷२०७८ मा ४३ हजार ९ सय ३९ सवारी साधानलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । जसका कारण २ करोड ४७ लाख ३२ हजार ५ सय राजश्य संकलन भएको ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology