(Wednesday 28th of October 2026)
`

वाई.एस.ले किन धतंगा (लोफर केटा) ल्याउँदैछ

  • सगरमाथा गन्तब्य
  • 23.2K
    SHARES

    नेपालगन्ज १८ असार – धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) केही दिनमा आउने भएको छ । कोहलपुर नगरपालिका बसपार्क स्थित रहेको वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा ल्याउने भएको हो । अहिलेको परिस्थितिमा आधारित रहेको सर्ट फिल्म धतंगा छायाङकनको काम सकेर सम्पादनको काम धमाधम भैरहेको सुटिङग युनिटले जनाएको छ । । धतंगा थारु टेलिसिरियल हो । धतंगा भनेको थारु भाषामा लोफर मानिसहरुलाई भन्ने गरिन्छ । विश्व नै संकटमा रहेको कोभिडका कारण देखिएको विषयबस्तुमा आधारित धतंगा टेली सिरियल (सर्ट फिल्म) निर्माण गरिएको सुटिङग युनिटले जनाएको छ ।

    बाँकेको कोहलपुर आसपासमा छायाङकन भएको धतंगा ग्रुपले निर्माण गरिएको टेलिसिरियलमा लकडाउनको बेलामा गरिएको उपद्रो व्यवहारलाई लक्षित गरि देखाउन खोजिएको कलाकार मस्तिराम मस्तैलाले जानकारी गराउनुभयो । थारु भाषामा आधारित धतंगा टेलिसिरियल केही दिनमा आउने सुटिङग युनिटको दाबी छ । धतंगामा डाइरेक्सन सन्देश के चौधरीले गर्नुभएको छ भने छायाङकन सम्पादन एम बहादुर थारुको रहेको छ । धतंगाको स्टोरी खेम भौगरियाको रहेको छ । यस्तै कथा÷सम्बाद मस्तिराम चौधरी (मस्तैला) र सन्देश कुमार चौधरीको रहेको छ । धतंगामा मुख्य कलाकार चर्चित मोडल तथा डाइरेक्टर विवश जिएच, गायक, खेम भौगरिया, मोडल मस्तिराम चौधरी (मस्तैला), चर्चित डाइरेक्टर सन्देश के चौधरी, चर्चित मोडल शिशिर धम्लहवा, मोडल लाल धानी थारु, मोडल मनोज थारु, मोडल विकास थारु लगायतको मुख्य भुमिका रहेको छ । वाई एसले निर्माण गरिएको धतंगा भाग १ हो यसलाई निरन्तरता दिने धतंगा ग्रुपले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology