(Wednesday 28th of October 2026)
`

प्रहरीबाटै लकडाउनको उलङ्घन

  • “लकडाउन कडा गर्दा स्थानिय नागरिक र मानवअधिकारकर्मीको विरोध”
  • सगरमाथा गन्तब्य
  • 13.3K
    SHARES

    नेपालगन्ज २१ चैत्र
    अरुलाई सुशुचित गराउने प्रहरी नै लकडाउनको उलङघन गर्ने गरेका छन् । सर्वसाधारण नागरिक बजारमा निस्के, जमातमा बसे लाठ्ठी लगाउने प्रहरी आफै लकडाउनको उलंघन गरेपछि कस्ले लाठ्ठी लगाउने स्थानिय नागरिकले प्रश्न गर्दै आएका छन् । दिनभरी नेपालगन्ज बजार सुनसान हुन्छ अति आवश्यक कामकाज बाहेक बजारमा आवतजावत बन्द हुन्छ । साँझा दैनिक उपभोग्य किनमेलमा निस्कने सर्वसाधारणलाई प्रहरीले लाठ्ठी लाउँछ तर आफै फिल्डमा भलिवल र फुटबल खेल्दा कस्ले लाठ्ठी लाउने यसमा सरोकारवाला निकायको ध्यान किन जान नसकेको स्थानिय एक नागरिकले भन्नुभयो । शुक्रवार कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुर्खेत हाल नेपालगन्जमा रहेको कार्यालय परिसरको फिल्डमा प्रहरीले नै फुटबल र भलिबल खेलिरहेको अवस्थामा देखियो स्थानिय नागरिकले भन्नुभयो ।

    आफुहरुलाई बाहिर निस्कन र भिडभाडमा जान रोक लगाउने प्रहरी आफै भिडभाड जम्मा गरि फुटबल र भलिबल खेलिरहेका हुन्छन् के उनिहरुलाई कोरोना भाइरस लाग्दैन एक स्थानियले भन्नुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिका भित्र दिनभरी सुनसान रहेपनि साँझा भने स्थानियको चहलपहल बढ्दो देखिने गरेको स्थानियवासीहरुको भनाई छ । नेपालमा लकडाउन घोषणा गरेको एघारौ औं दिन पनि कायमै रहेको छ । यता बाँकेका प्रहरी प्रमुख विरबहादुर ओलीले भने लकडाउन भएको नभएको जस्तो अहिले नेपालगन्जमा नभएको बताउनुभयो । जनताको लागि काम गर्दा जनताले नै नबुझेपछि नमस्कार गर्नु बाहेकको विकल्प नरहेको एसपी ओलीले बताउनुभयो । प्रहरीले कडा गर्दा लाठ्ठी लाउदा स्थानिय नागरिक, अधिकारकर्मीहरुले विरोध गर्छन भने प्रहरीले नमस्कार गर्नु बाहेक बिकल्प के रह्यो उहाँले भन्नुभयो । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासंग बुझ्न खोज्दा फोन उठेन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology