(Wednesday 28th of October 2026)
`

बाँकेमा धान दिवस तथा रोपाई महोत्सव मनाईयो, २५ प्रतिशत धान रोपाई सकियो

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    नेपालगन्ज, १५ असार – बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ३ मा १८ औं राष्ट्रीय धान दिवस मनाएको छ । धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ १८ औं राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बुटवल, कृषि निर्देशनालय रुपन्देही, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँके, बाली संरक्षण बाँके, कृषि ज्ञान केन्द्र बाँकेको आयोजना तथा जानकी गाउँपालिकाको सहकार्यमा १८ औं राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव भव्यका साथ मनाइएको हो । धान दिवसले किसानमा अझ उर्जा मिलोस भन्ने किसिमले दिवसलाई उत्साहका साथ मनाएको मन्त्री विजय बहादुर यादवले भन्नुभयो । किसानका निम्ती लुम्बीनि प्रदेशले कृषक मुखी व्यवसाय प्रवद्र्धन गर्न जोड दिएको जानकारी गराउनुभयो ।


    प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वासका साथ असार १५ गते धान दिवस मनाउने गरेको भौतिक पुर्वधान विकास मन्त्री सन्तोष पाण्डेले जानकारी गराउनुभयो ।
    असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँने गर्दछन् । असारको मध्यसम्म आइपुग्दा बाँकेमा २५ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत सकिल अहमदका अनुसार बाँकेमा असार १५ गतेसम्म आइपुग्दा २५ प्रतिशत रोपाईं सम्पन्न भएको पाइएको छ । जुन गतवर्षको भन्दा करिब १५ प्रतिशत बढी हो । सुचना अधिकारी अहमदका अनुसार गत वर्ष यसबेलासम्म करिब १० प्रतिशत आसपासमा रोपाईं भएको थियो । यसवर्ष असारको सुरुमै पानी परेका कारण धान रोपाईंमा तीव्रता आएको हो । जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा र राप्तिसोनारी गाउँपालिका क्षेत्रका धान रोपाईं भएको छ । बाँकेमा करिब ३७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । रोपाईंका लागि जिल्लामा पानीको अभाव भने नरहेको अहमदले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology