(Saturday 25th of July 2026)
`

नेपालगन्जमा गल्र्स कलेज सञ्चालन हुने

  • सगरमाथा गन्तब्य
  • 17.9K
    SHARES

    नेपालगन्ज, – नेपालगन्ज उपमहानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिकसत्रदेखि सुरु हुने भएको छ ।
    नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।
    मध्यपश्चिम विश्व विद्यालयका उपकुलसँग छलफल पनि नेपालगन्ज फर्किएको टोली सोमबार पनि नगरप्रमुख डा. धवलशम्शेर राणा सहितको टोली छलफलमा रहेको छ । कलेज सञ्चालनका लागि अषाढ १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिनुभयो ।
    पहिलो वर्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने उहाँले बताउनुभयो ।
    नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । कलेज सञ्चालनका लागि निर्माण भईरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख राणाले नेपालगन्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरि सुरुवातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पुरा हुने चरणमा पुगेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology