(Wednesday 28th of October 2026)
`

लकडाउनलाई कडा गर्न नसक्ने प्रहरी सवारीसाधन चेकजाँचमा व्यस्त

  • सगरमाथा गन्तब्य
  • 17.1K
    SHARES

    नेपालगन्ज ०४ जेठ – बाँकेमा लकडाउन जारी छ । लकडाउनको समय ३ पटक जिल्ला प्रशासन कार्यालयले थपिसकेको अवस्था छ । पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ । यता बाँके प्रहरी भने लकडाउनलाई कडाई गर्न नसकेर चेकजाँचमा कडाई गर्दै आएको छ । नेपालगन्जका पसल खुल्ला हुन्छन, सवारीसाधन निर्वाध रुपमा चलेका हुन्छन तर प्रहरी त्यसतर्फ ध्यान दिन सकेको छैन् ।
    लामो समय लकडाउन भएको कारण प्रहरी पनि कमाउ धन्दामा लागेको एक जना नागरिकले भन्नुभयो । बाँकेमा दैनिक १० देखि १५ जना कोरोनाका कारण ज्यान गुमाईरहेको अवस्था छ । तर प्रहरीको लापरवाहीले निर्वाध रुपमा संचालनमा रहेका सवारीसाधन र पसल बन्द भने भएका छैनन् । प्रहरीको पनि कमाउ धन्दा छुट्टै छ एक जना नागरिकले भन्नुभयो । चोक चोकमा उभिने मात्र काम छ । चिने जानेकाहरुको पसललाई बन्द गराए जस्तो गर्ने र खोल्न दिन प्रबृति रहेको उहाँले बताउनुभयो ।
    चोकमा मात्र कडाई गरेर लकडाउन सफल हुन्न भित्रि बाटो र भित्रि बाटोमा रहेका पसल पनि बन्द गर्न गर्न तिर प्रहरीले ध्यान दिन आवश्यक छ उहाँले भन्नुभयो । यता प्रहरीले भने दैनिक आफ्नो फाइदाको लागि मात्र चेकजाँच कडाई गरेको पाइन्छ । मास्क, सामाजिक दुरी कायम, सेनिटाइजर, प्रयोग केही छैन तर चेकजाँचको नाममा भने कडाई गरेको देखिन्छ उहाँले भन्नुभयो । कोरोनाको हटस्पट मानेको बाँकेमा प्रहरी प्रशासनको लापरवाहीले र्दैनिक कोरोनाको मृत्युदर बढेको पाइन्छ ।


    यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने विहान ९ बजेसम्म दैनिक रुपमा लकडाउन खुकुलो बनाएको जानकारी गराउनुभयो । विहान आफ्नो गन्तव्य सम्म जान र आउनलाई सहज बनाउनको लागि लकडाउन खुकुलो बनाएको उहाँले भन्नुभयो ।
    अत्यावश्यक बस्तुहरु ओसारपसार गर्न र अन्य कामको लागि पनि आवतजावतमा खुकुलो बनाएको प्रजिअ गेलालले भन्नुभयो । यता बाँकेका अधिकांश ठुला शहरमा भने दिनभरी जसो लकडाउन खुकुलो नै हुने गरेको नेपालगन्ज १ का राम प्रसाद चौधरीले भन्नुभयो । बजार दिनभरी बन्द गरेजस्तो गर्ने तर सटर आधा झारेर पनि काम संचालन गरेको देखिन्छ उहाँले भन्नुभयो । हाल बाँकेका २४२ जनाले कोरोनाका कारण ज्यान गुमाई सकेका छन भने बान्के बाहिरका १९८ जनाले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology