पूजा बि.सी : बाँके– समय अनि परिस्थिति कति अचम्मको हुँदो रहेछ । हरेक मान्छेलाई केही न केही हुनु पर्ने रै छ । विश्व अहिले यो कोरोना भाइरसको संक्रमणको अक्रान्तमा परि रहेको बेला सबैमा एक खालको डर क्रास अनि सन्त्रासको बादल छाइरहेको छ । १ बर्ष पुगि सक्दा पनि यसको कुनै अचुक कुनै औषधी नै बन्न सकेको छैन् । करोडौं मानिसहरुको ज्यान लिने यो महामारी सबैको लागि अभिषाप नै सावित भएको छ । व्यापार व्यवसाय ठप्प छ, अर्थतन्त्र डामाडोल छ । विहान खाएर साँझा के खाउँ भन्नेहरुमा भोकमरी मच्चिएको छ । तर पनि मान्छेहरुले आश मार्न छोडेका छैनन् । यही आशामा बस्नेमा सबैभन्दा अग्रपंक्तीमा आउँछन् होला नर्स ।
नर्सको संघर्षको कथा त सबैले सुन्नु अनि देख्नु भएको छ नै । विश्व महामारीको यो अवस्थामा अग्रपंक्तीमा रहेर विरामीको सेवामा समर्पित हुने नर्सको आफ्नै पिडा अनि व्यथाहरु छन् । के गर्नु रहरले नर्सिङ पढियो, दिनरात नभनि विरामी तथा रोगीहरुको सेवामा खाली पेट सेवा गरिन्छ । त्यति गर्दा गर्दै पनि अपमान, अपजस अनि असन्तुष्टिको त कुरै छाडौं, थोरै तलव भए पनि आफ्नो मनलाई बुझाईथ्यो । के यो पैसा मात्र हैन सेवा पनि त हो भनेर सम्झनु पर्छ । यसरी नै आफ्नो सेवामा निरन्तर लागि रहेका हुन्छन नर्सहरु । तर पनि कहिले कसैले उनिहरुले गरेको त्याग र समर्पण देख्दैनन् र पनि आफ्नो काम र जिम्मेवारीलाई पुजा ठान्छन् । अनि सेवा ग्राहीलाई भगवान मान्नु पर्ने अवस्था छ । आज आएर साँच्चै यो पेशा निल्नु न ओकल्नु भएको छ । मेरो लागि निजी अस्पतालमा काम गर्ने म एउटा नर्स प्रतिनिधि पात्र मात्र हो र मेरो यो विचार पनि नितान्त व्यक्तिगत विचार हो । मैले आफ्नो जिवनमा लामो समय यो पेशामा विताए । विभिन्न गैरसरकारी संस्था तथा अस्पतालमा काम गरे । जसले जे भने पनि मलाई यो पेशामा भएर काम गर्न पाउनु गर्व महशुस गर्छु । म निरन्तर आफ्नो काममा सर्मपित छु । कोभिड १९ को यो भयावह अवस्थामा पनि घरमा दमकी रोगी आमा अनि दुधे बालकलाई छोडेर आफ्नो ड्युटी गर्छु । गरिरेहेको छु ।
छिमेकीले के के सुनाउँछन् । तर म चुपचाप सुनिदिन्छु । अस्पताल जान्छु विरामीले सिस्टर अक्सिजन बढाईदिनुस सिस्टर मलाई अरु औषधी दिनुस् न सिस्टर म मर्छु होला यस्तो भनेको सुन्दा र देख्दा जति आफुलाई सम्हाल्ने पनि मन भक्कानिन्छ । आफ्नो अगाडी छिन छिनमा त्यो मृत्युलाई अंगाल्दै गरेको देख्दा, त्यो अन्तिम क्षणमा पनि अफै केही गर्न सकेको भए हुन्थ्यो कि भनेर मुटु पोल्छ । आफुलाई पुर्ण सर्मपित गर्न मन लाग्छु गरेको पनि हुन्छौं हामी नर्सहरुले रातभरी को त्यो पिडा संग काम गरेर थकित भएको अनुहार अनि लराकलुरुक भएको शरिर संगै कोभिड १९ कारस कोभको भाइरससंगै घरमा आयो आमाको त्यो रातभरि खोकेर दुखेको छाती अनि छोरीको चिन्ताले छोरएको मनलाई देख्यो अनि त्यो दुधे वालिका मम्मी भन्दा पनि तोते बोलेको १२÷१३ घण्टा सम्म मम्मीको दुख खान नपाएर आत्तिएको मनलाई हे¥यो । कोभिडा १९ को भाइरस मम्मीसंग आएको होला भनेर कहाँ थाहा हुन्छ र ति अवोध दुधे बालकहरुलाई दौडिदै आएर मामु बुवा भनेको त्यो दृश्य देख्दा लाग्छ बेकारमा नर्स बनेछु । कुन दिनमा नर्सिङ पढेको रहेछु त्यति सानो बच्चा, मामु भन्न जान्दैन, ताते ताते गर्दै आउँछ आवाज सुनेर उसलाई अंगालोमा राखेर माया गर्न मन लाग्छ तर बिडम्बना ।
नानु पर जाउँ मामु एकछिनमा आउने ल भन्दै कराउनु पर्ने यो कस्तो पेशा कहि मायालाई लम्ब्याउनु पर्ने अनि कहि मृत्युलाई हेर्नु पर्ने हे भगवान । साँच्चैं आजको नाइट ड्युटी रुन मन लागेको थियो । त्यो छटपटाहट अक्सिजन पुगेन, अलि राम्रो औषधी छैन भनेको कोभिड १९ को विरामीहरुले यो आवाजले मेरो मनलाई उथलपुथल बनाईदियो । के गर्ने पिडा हेर्नुको सिवाए अरु उहाँहरुको भनेको जस्तो केही थिएन म संग कहिले काँही त्यो छटपटाहट यति हुन्छ कि काउन्सिलिङग बाहेकको अरु गर्न सक्ने हुदैन । म के गर्नु आमा दमको रोगी दुधे बच्चाको एक्लोपन अनि ति विरामीको छटपटाहाट कहिले काँही त यति निरिह लाग्छ आफुलाई केही गर्न सक्ने छुइन भनेर जागिर छोडौं त्यो पिडामा छटपट्टीको विरामीहरुकोे आवाज अनि अनुहार आँखाको अगाडी चलचित्र जस्तो गरेर घुम्न थाल्छ ।
जागिर नछोडौं दमकी रोगी आमालाई अनि सानो दुधे बच्चालाई कोरोना स¥यो भने परिवारले मलाई कहिले माफ गर्ने छैनन् । मेरो मन आतिन्छ, तडपिन्छ के गरु म केही सोच्न सक्दिन सोच्दा सोच्दै त्यति थाकेको शरिर लिएर घुतुक्क निदाउने रहेछु । छोरीले बुबु भनेपछि झस्किएर उठ्छु, अनि फेरी सोच्छु म यसरी स्वार्थी हुनु हुदैन परेको बेला त मैले आवश्यक पेरकालाई सहायता गर्ने हो । केही गाह्रो थिएन आइसुलेशन र कोभिड १९ वार्ड आईसियु मा ड्युटी भएकाहरुलाई त्यही सबै व्यवस्था गरिदिएन हप्ता १५ दिन परिवारबाट टाढा भए पनि चिन्ता मुक्त भएर काम गर्न पाइन्थ्यो आफु त नर्स रोग लागे पनि केही थिएन तर परिवारको के दोष छ र उनिहरुलाई रोग सार्ने हामीले । – पूजा बि.सी, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।
