कोरोना महामारीका कारण भारत अहिले अभूतपूर्व सङ्कटमा परेको छ। त्यहाँ कोरोनाको कारण मृत्यु हुने मानिसको संख्या दुई लाख नाघिसकेको छ।
दिल्लीस्थित एउटा मसानघाटमा कोरोनाका कारण मृत्यु भएका मानिसको दाहसंस्कार गरिरहेको तस्वीरले जो कोहीको पनि आँखा नरसाउला भन्न सकिदैन । विगत सात दिनमा भरतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरू भटाभट मर्न थालेका छन् । अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेको बीबीसीमा उल्लेख छ ।
अहिले कोरोनाबट ज्यान गमाएको व्यक्तिहरुको अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। अन्तिम संस्कार गर्ने त्यहाँका कर्मचारीहरूले आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताएका छन् ।
भारतको राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ। मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको जनाएका छन्।
