नेपालगन्ज १४ बैशाख – बाँकेमा कोरोना संक्रमित ह्वात्तै बढे । उपचार गर्ने प्रयाप्त वातावरण छैन् । भएको भेरी अस्पताल नेपालगन्जमा बेड र अक्सिजन अभाव छ । संक्रमित दैनिक थपिदै छन् । पालिका स्तरिय आइसोलेशनमा प्रयाप्त सुविधा छैन् । मन आत्तिन्छ खाना मन लाग्दैन एक जना कोरोना पोजेटिभ महिलाले आइसोलेशनबाटै जवाफ दिनुभयो । ८ दिन भयो आइसुलेशनमा बसेको तर यहाँ सुविधा भन्ने नाममा सुत्ने व्यवस्था मात्र रैछ उहाँले भन्नुभयो । खानेकुरा र मनोरञ्जन केही छैन् । साथमा पैसा छ तर ल्याइदिने कोले पैसा पनि छुन मन गर्दैनन् बाहिरबाट मगाउ भेट्न मिल्दैन् जटिल अवस्था छ उहाँले दुख पोख्दै भन्नुभयो ।

फेसबुक चलाउन डाटाबाट कति चलाउने जति बेला खोल्यो कोरोनाको भयावाह स्थिति बाहेक केही देखिन्न् । दैनिक चिने जाने कै मान्छेको मृत्यु भयो भन्ने खबर आउँछ । शनिवार साँझा संगै बस्ने दिदीको खबर सुने मनलाई रोक्न सकेन् । भक्कानीए कतै आफु पनि यस्तै हुने होइन भनेर रोए सुनिदिने कोले । आइसुलेशनमा प्रयाप्त मनोरञ्जन खालको केही सामाग्रंी छैन् । प्रेसर नाप्ने यन्त्र पनि छैन् । दिनभरी बस्ने खाने बाहेक केही सुुविधा छैन उहाँले भन्नुभयो । घरपरिवारलाई सुरक्षित हुनको लागि आइसुलेशन बस्न बाध्य भए । आफ्नै घर भएको भए घरमै होम आइसुलेशन बस्थे भाडामा बस्ने भएको हुनाले कसरी होम आइसुलेशन बसौं भनेर आइसुलेशनमा बस्न बाध्य भए उहाँले दुखेसो पोख्नुभयो । उपचारको नाममा अहिलेसम्म कोही सोध्न आएनन् कस्तो छ ? के छ ? अवस्था भनेर । दैनिक नराम्रो घटना भएको सुनिन्छ मन भक्कानीन्छ मन कता कता भौतारिन्छ ।
एकछिन सम्झन्छु म पनि यस्तै हुने त होइना भनेर । खाली अनावश्यक मनमा खेलीरहन्छ । सम्झाउने बुझाउने र रमाउने मन बहलाउने ठाउँ छैन कसरी बस्न सकिन्छ आइसुलेशनमा उहाँले भन्नुभयो । होम आइसुलेशमा पनि बसेकाले पनि घरपरिवार र बाहिरको हेपहा प्रबृत्तिले छिछि दुरदुर मात्र हुन्छ । भेरी अस्पतालमा पनि उपचारको लागि प्रयाप्त ठाउँ छैन् । निजी अस्पतालले भने वास्तै गरेका छैनन् । भयावाह स्थितिमा पनि निजी अस्पतालले चासो नदिदा सरकारी अस्पताललाई ठेग्न गाह्रो भएको स्थानिय युवा तिलक विर सुनारले भन्नुभयो । अघिपछि जनतालाई आफ्नो सेवा सुबिधाको प्रचारप्रसार भएभरको गर्ने संकटको बेला चाँही पछि हट्ने प्रबृत्ति राम्रो नभएको युवा नेता सुनारले भन्नुभयो ।
नीजि अस्पतालको लापरवाहीले गर्दा नै जनतालाई आपत परेको बेला सहयोग गरिएन भने युवा संघले जस्तोसुकै अवस्था सृजना गर्न सक्ने उहाँले चेतावनी दिनुभयो । अस्पतालमा अक्सिजन छैन् । उपचार गर्ने बेड अभाव छ यस्तो संकटको बेला त निजी अस्पतालले आइसुलेशन स्थापना गरि जनतालाई सुलभ तरिकाले उपचार गर्ने समयमा पछि हट्नु निन्दनिय रहेको उहाँले बताउनुभयो । आम नागरिकको जिवन रक्षाका लागि सबैले एक आपसमा पहल गर्न आवश्यक रहेको नेपालगन्जका बाल अधिकारकर्मी साहिल अन्सारीले भन्नुभयो । निजी अस्पतालले गरेको कोभिड उपचारको लापरवाहीले जनतासंग खेलवाड गरेको उहाँले भन्नुभयो । निजी अस्पतालले पनि सरकारी अस्पताल जस्तै चासो दिएको भए कोरोना पोजेटिभका विरामीलाई सहज तरिकाले उपचार गर्न सकिने अन्सारीले बताउनुभयो ।
कोभिडका विरामीले पनि आफुलाई प्रयाप्त उपचार नगरि डिस्चार्ज गर्दा अप्थ्यारो भएको उनिहरुको भनाई छ । कोरोना पोजेटिभ भैसकेपछि उपचार गर्दा डाक्टर र नर्शको व्यवहार समेत राम्रो भएन् । सबैले डराउने भएको हुनाले मलाई सन्चो नहुदै डिस्चार्ज गरियो अहिले अप्थ्यारो भएपछि पुन अस्पतालमा उपचारका लागि आएको छु एक जना कोरोना पोजेटिभ विरामी शेर बहादुरले भन्नुभयो ।
भेरी अस्पतालप्रति सिङगो प्रदेशले भरोसाको केन्द्रबिन्दु बनेको भेरी अस्पताल विकास समितिका सदस्य तथा समाजसेवी कृष्ण प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो । निजी अस्पतालले अरु बेलामात्र चासो दिने र जनतालाई आपत पर्दा वास्ता नगर्ने भएको हुनाले निजी अस्पताल प्रति जनताको चासो कम हुदै गएको उहाँले जानकारी गराउनुभयो ।
