नेपालगन्ज ०४ बैशाख – राप्ती सोनारी ५ टडुवा गाउँका युवाहरु जागरुक भएका छन । उक्त क्षेत्रमा रहेका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी सबै संग सहकार्य गरेर युवाहरू समाज सुधार अभियान नै चलाएका छन् । उनिहरुले सिद्धेस्वरी समाज सुधार नामक क्लव दर्ता गरेर अभियान थालेका हुन । शनिवार क्लवको अगुवाइमा टडुवा गाउँमा बृह्त सरसफाइ गरेको क्लवका कोषाध्यक्ष बिरबहादुर वलीले जानकारी दिनुभयो । क्लवका अध्यक्ष सिता कुवंर, वडा सदस्य रामलौटन थारुको अगुवाईमा ७० बढि युवाको उपस्थितिमा बृहत् सरसफाइ गरिएको हो । उनिहरुले सरसफाइसंगै निरन्तरता दिनका लागि ५ सदस्यीय निगरानी समिति गठन समेत गरिएका छन् ।
उक्त क्षेत्रमा रहेको विद्यालयमा खाने पानी फिल्टर, ग्यास चुलो लगायत सामाग्री सहयोग गरेका छन् । उक्त टोलबाट दक्षिण कोरियामा रहेका शिव गिरी, जापानमा रहेका सहविर कुवंरले समाज सुधारका लागि आर्थिक सहयोगमा सोही स्थानमा रहेको बिद्यालयमा निजि स्रोतबाट शिक्षक पनि राखेर पढाइलाई गुणस्तरियता प्रदान गर्न खोजेको कोषाध्यक्ष वलीले जानकारी दिनुभयो ।
