(Wednesday 28th of October 2026)
`

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलद्धारा नरैनापुर आगलागी घटनाबारे स्थलगत अवलोकन

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    बाँके,२६ चैत्र । राष्ट्रिय योजना अयोग का उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले नरैनापुर गाउँपालिका ,४ खोदाँवामा भएको आगलागी घटनाका पिडितहरुको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेका छन । आगोलागि घटनाबाट भएको क्षति तथा गर्न सकिने सहयोगबारे गाउँपालिका लगायत सम्बन्धित अन्य सरोकारवाला सँग छलफल गर्दै त्यस क्षेत्रका सडकबाटोहरुलाई हुलाकी सडक सँग जोडिने सकिने सम्भावनाबारे समेत उपाध्यक्ष कँडेलद्धारा स्थलगत अवलोकन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जँग शाहीले बताए ।
    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले राप्तीनदीमा ६ नम्बर वडामा पुल निर्माण गरी आवतजावत सजिलो बनाउने, नरैनापुरको ४ नम्बर वडाबाट सडकमार्ग अगैयामा जोडने बिभिन्न वडाका सानातिना सडकहरुलाई हुलाकी सडक सँग जोडेर सडक मार्ग बिस्तार गर्न पहल गर्ने आश्वासन दिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जँग शाहीले बताए ।
    यसैबीच प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जँग शाहीले नरैनापुरमा रहेको गौशाला निर्माण लागि छुट्टयाईएको बजेट अपुग रहेकोले थप बजेटको ब्यवस्था, गौशालामा गाईहरुको नश्ल शुधार तथा गोबरमल उत्पादन र प्रशोधनका लागि बजेटको ब्यवस्थापन गर्न समेत आग्रह गरेका थिए । यस्तैगरि हरेक बर्ष हुने बाढी र आगोलागि बाट पिडित हुँदै आएका फुसको छाना भएका ५०० घर परिवारको लागि जस्तापाताको छानाको ब्यवस्था गर्नुपर्ने, नरैनापुरको ४ नम्बर वडाबाट सडकमार्ग अगैयामा जोडने, बिभिन्न वडाका सानातिना सडकहरुलाई हुलाकी सडक सँग जोडेर सडक मार्ग बिस्तार गर्न पहल तथा रंगशाला निर्माण लगायत बिभिन्न ७ वटा योजनाको लागि योजना आयोगका उपाध्यक्षलाई योजना सहितको ज्ञापनपत्र गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको नेतृत्वमा बुझाईएको थियो । ज्ञापनपत्र बुझदै योजना आयोगका उपाध्यक्ष कंडेलले आफु नरैनापुरमा दोस्रो पटक आएको तथा यहाको बिकास निर्माणको गर्न गराउन सकारात्मक पहलका लागि प्रतिबद रहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology