– नेपालगन्ज २० चैत – स्थानिय तहले नागरिकहरुलाई दिने सेवासुविधामा पनि राजनिति हस्पक्षेप भएको एक कार्यक्रमका सहभागिहरुको गुनासो रहेको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक, मानवअधिकार समुह राप्तिसोनारीको संयुक्त आयोजनामा शुक्रवार गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त गुनासो गरेका हुन ।
कार्यक्रममा राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफुले गर्नुपर्ने काममा कहिपनि पछि नहटेको बताउँदै राप्तिसोनारी गाउँपालिकाका तिन ओटा विद्यालयलाई नमुना विद्यालयमा छनोट गरिएको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका मानसिक सन्तुलन नभएका व्यत्तिहरुलाई आफनै गाडीमा राखेर उपचारको लागि अस्पताल सम्म पु¥याएको बताउनुभयो । उहाँले गाउँपालिकाले गरेको कामको बारेमा सुचना लिन जनताले पनि चासो लिन आग्रह गर्नुभयो ।
इन्सेक नेपालगन्जका कार्यक्रम अधिकृत सरस्वती मल्लले शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकार बारेमा जनतासंग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधि भएको बेलाको बिकासको अवस्था र नभएको बेलामा भएको विकासको अवस्थाका बारेमा बताउदै सिंहदरबारबाट ग्रामिण क्षेत्रमा कतिको सेवासुविधा पुगेको छ भन्ने विषयमा पनि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । मानवअधिकार समुह राप्तिसोनारीका संयोजक धनि वलिले स्थानिय तहबाट नागरिकलाई दिनुपर्ने सेवा सुविधाको विषयमा राजनिति हस्तक्षेप भएको बताउनुभयो । उहाँले पहुँच पुगेकाहरुमा मात्र सेवा र सुचना पुग्ने पहुँच नपुगेकोमा सेवा सुविधा नपुग्ने गरेको बताउनुभयो ।
