(Wednesday 28th of October 2026)
`

मोडल शिशिर र सचिताको तोहार बिन रात रात…(भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 15.3K
    SHARES

    नेपालगन्ज १४ चैत- चर्चित मोडल शिशिर धम्लहवाले मोडेल सचिता चौधरीलाई तोहर बिन रात रात मे जग्थु जोर जोर से भनेपछि मोडेल सचिताले तु दुर बाटो मोर धडकनसे भन्न सम्म भ्याएका छन् । टाढा भएका तथा विगतमा भएका घटनालाई मायालुलाई फकाउन थारु मोडल धम्लहवाले हरेक पल पलमा हजुरलाई नै सम्झन्छु भन्दा माया जालमा परेका सचिताले पनि हजुरको माया विना बाँच्न मुस्किल भएको बताउछन् । मायाको जालबाट टाढिएका धम्लहवाको दिमागमा असर गरेपछि मायालाई फकाउन तु हावा बन्के आउ, मै सास बन्देबु, तु प्यास बन्के आउ मै पानी बन्देबु जस्ता भावले सपनामै दोहोरी खेलेको भाम अझै ताजै रहेको महसुस हुन्छ भनेर जवाफ फर्काउनुहुन्छ । यस्तै कथामा आधारित तोहार बिन रात रात के बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । छोड्नै नसक्ने माया जालमा परेका मोडल धम्लहवालाई सचिताले विछोडिनु पर्दाको पिडामा आधारित रहेको गितमा सन्देश दिन खोजेको कलाकार धम्लहवाले बताउनुभयो ।
    तोहार बिन तडपु मै तो पानी विना मछरि अश भन्न के थालेका मोडल धम्लहवाले घुट घुटके जियतबाटु तोहार तस्बीर हेरके भन्नसम्म भ्याएका हुन्छन् । चर्चित थारु मोडल शिशिर धम्लहवा र मोडेल सचिता चौधरीको मुख्य भुमिका रहेको तोहर बिन रात रातमे बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो ।


    चर्चित गायक खेम भौगरिया र गायीका योगमाया चौधरीको श्वरमा रहेको तोहार बिन रात रातके बोलको गितको छायाङकन दाङमा भएको छ । गितमा शव्द संकलनमा सन्देश के चौधरी र मस्तिराम चौधरी (मस्तैला) ले गर्नुभएको छ भने डाइरेक्शन कोरियोग्राफर विवश जिएचको रहेको छ । यस्तै क्यामरा छायाङकनमा यम बहादुर चौधरीको रहेको छ भने मेकअपमा झरना चौधरीले साथ दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology