(Wednesday 28th of October 2026)
`

नेपाल वलमा काउन्सिलद्वारा दाइजो प्रथा विरुद्ध अभियान

  • सगरमाथा गन्तब्य
  • 12.8K
    SHARES

    समीर अली बेहना, बाँके, १० चैत्र- नेपाल वलमा काउन्सिलले दाइजो प्रथा अन्त्य गर्न सकृयता देखाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चारमा भएको गुलशने मदिना कान्फ्रेन्स व जश्ने दस्तारबन्दीमा नेपाल वलमा काउन्सिलका संयोजक मुफ्ती मौलाना मोहम्मद कैफुलवला खानले दाइजो लिनेदिनेहरु विरुद्ध यो अभियान चलाएको बताउनु भयो । उहाँले भन्नू हुन्छ मुस्लिम समुदायमा दाइजो लेन्देनको कुरा उल्लेख नै न भएपनि समाजमा दाइजो लेन्देन गरेको देखिन्छ ।
    जसले गर्दा नेपाल वलमा काउन्सिलले सक्रियता साथ यसलाई नियन्त्रण गर्ने तिर केन्द्रित भएको छ । मुस्लिम समुदायमा समेत दाइजो माग गर्ने प्रवृति सुरुभएको कारण गरीब, असहाय, पीडितका चेलीछोरीहरुको विबाह गर्न निकै कठिनै आएको छ भने केहिले दाइजो दिन नसकेर आत्माहत्या समेत गरेको पाइन्छ । जबकि ईस्लाम धर्मको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह–हु–अलैही–वसल्लमले बिवाहलाई सरल बनाउन निर्देश दिनुभएको छ । उहाँले भन्नू हुन्छ ईस्लाम धर्मले बिवाहमा बज्ने ढोल बाजा, डिजे, नाचगान समेतमा प्रतिबन्ध लगाएको छ ।
    यसबाट फाल्तू खर्च हुनुको साथ ध्वनि प्रदुषण समेत हुनेगर्छ । जसले गर्दा नेपाल वलमा काउन्सिलले मुस्लिम समुदायमा हुने बिवाहमा दाइजो माग गर्ने, नाचगान गर्ने, ढोल–बाजा बजाउने , डिजे बजाउने लगायत शरियतको (ईस्लामिक कानून) विपरीत कार्य गर्नेको निकह नपढाउने निर्णय गरेको छ ।
    यद्यपि कुनै वलमाले निकह पढाएको पाइएमा कार्वाही गर्ने बेहोरा समेत जाहेर गर्नु भयो । खानले भन्नू हुन्छ वलमाले थाल्नी गरेको अभियानलाई अगाडि बढाउन मुस्लिम समुदायका अगुवाहरुले समेत साथ दिनुपर्छ । यस अभियानले दाइजो प्रथा अन्त्य गर्न ठुलो भुमिका खेल्नेछ । यसमा कुनै किसिको हस्तक्षेप नगर्न गराउन आग्रह गर्नु भएको थियो ।
    मौलाना कैफुलवराले मुस्लिम समुदायको शैक्षिक विकासको लागि युवा बालबालिकाहरुको मदरसासम्म पहुँच बनाउन सबैमा आग्रह गर्नु भयो । उहाँले ईस्लाम धर्मको सूफी सय्यद अब्दुल कादिर जिलानी रहमत–उल्लाहको उदाहरण दिँदै भन्नु भयो कि उहाँले ज्ञान हासिल गर्न मीलौंको सफर गर्नु हुन्थ्यो र भोकै बसेर पनि ज्ञान हासिल गर्नु भएको थियो । प्रगतिको पथमा ज्ञानको सबैभन्दा ठूलो भुमिका रहेको आफ्नो छोराछोरीहरुको पहुँच मदरसासम्म बनाउनुस भनी बताउनु भयो ।


    त्यस्तै सोही धार्मिक उत्सवलाई सम्बोधन गर्न भारतको बरेली शहरबाट आउनु भएको मौलाना हम्माद रजाले पनि ईस्लाम धर्मको सिद्धान्त र संदेश बारे बयान गर्नु भएको थियो । उहाँले भन्नू भयो ईस्लाम धर्मले दिएको संदेशले समाज परिवर्तन हुन सक्छ । ईस्लाम धर्मको स्थापना देखि ईस्लाम धर्मको बिस्तारका बाधा र संघर्षहरु बारे बताउनु भयो । हम्माद रजाको अनुसार ईस्लाम धर्मको सुरुवाती चरणमा रहेको पैगम्बर हजरत मोहम्मद सल्ललाह–हु अलैही वसल्लमको अनुयायीहरुले निकै कठिनाईको सामना गरेका थिए ।
    सोही धार्मिक उत्सवमा नवलपरासीबाट सय्यद गुलाम हुसैन मजहरी ज्यूको पनि उपस्थिति रहेको थियो । उहाँले मदरसामा पढ्ने विद्यार्थीको महत्त्व तिनीहरुको कर्तव्यको बारेमा जिकिर गर्नु भएको थियो । मजहरी ज्यूको उपस्थितिमा मदरसा नूरे मदिनाको ५ जना कुरआन हिफ्ज (याद) गरेको विद्यार्थीहरुलाई दोसाला लगाइ सर्टिफिकेट दिनु भयो । सर्टिकेफिकेट प्राप्त गर्ने हाफिज नफीस खान, अशरफ अली अन्सारी, रिज्वान खान, इशरार बागवान र अश्जद बागवान रहेका छन् । उक्त उत्सवमा बाँकेको वलमाहरु सहित भारत नेपालका अन्य वलमाहरुको सहभागिता रहेको थियो भने उक्त सभालाई मौलाना इन्शाफ अली कादरीले उद्घोष गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology