(Thursday 29th of October 2026)
`

एन्फा प्रसिडेन्ट लिकमा रौतहटको पहिलो जित

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगन्ज १० चैत- एन्फा प्रसिडेन्ट लिकमा कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गर्दै मनकामना युवा क्लब रौतहट पहिलो जित हात पारेको छ ।
    प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७ औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो ।
    जितसँगै मनकामनाले ३ अंक जोडेको छ । लेकालीले भने अहिले सम्म जित हासिल गर्न सकेको छैन । खेलमा लेकाली युवा क्लबका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई लुम्बिनी फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारीले पुरस्कृत गरे ।
    लगातार हारको सामना गरेपनि मनकामनाले मंगलबार लेकाली विरुद्ध सम्हालिएर खेलेको थियो । यसअघिका तिन खेलमा मनकामना युवा क्लब रौतटहले स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाजको तिनै खेलमा ३–० ले पराजित भएको थियो । लेकाली युवा क्लब भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकालीले धादिङ समाज विरुद्धको खेलमा ९–१ ले पराजित भएको थियो भने त्रिवेणी युवा क्लब लमजुङसँग २–१ खेल गुमाएको थियो ।


    चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
    प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology