(Wednesday 28th of October 2026)
`

एकै बिद्यालयका ११ बिद्यार्थीहरुले भारत्तोलन खेलमा स्वार्ण, रजत तथा कास्य पदक विजेता खेलाडीलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 23.6K
    SHARES

    बर्दिया, ८ चेत – स्वर्गिय देवसुन्दर यादव महिला तथा पुरुष भारत्तोलन प्रतियोगिता सप्तरी जिल्लामा सम्पन्न भएको खेलकुदमा बर्दियाका स्वार्ण, रजत तथा कास्य पदक विजेताहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बिद्यार्थीहरुलाई पढाई मात्र नभएर खेलको साथै खेललाई पनि पढाई जतिको महत्व र बिद्यार्थीहरुलाई आकर्षण गर्नका लागि स्वागत तथा सम्मान गरिएको हो ।
    हालै सप्तरी जिल्लामा भएको स्वार्गिय देवसुन्दर यादव महिला तथा पुरुष भारत्तोलन प्रतियोगितामा बर्दियाका स्वार्ण, रजत तथा कास्य पदक विजेता बिद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । ग्रामिण भेगका बिद्यार्थी खेलाडीहरु राष्ट्रिय स्तरको खेल जित हात पारे पछि तथा बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान परिएको लुम्विनी प्रदेश सभा सदस्य तथा नेपाल भारत्तोलन संघका सल्हाकार तथा प्रथम भारत्तोलन ओलम्पियन सुरेन्द्र हमालले बताउनुभयो । प्रदेश सरकारले हरेक बिधामा छुट्याएको रकममा भारत्तोलनमा छ्ट्याएको रकम बर्दियाको बारबर्दिया नगरपालिका ३ बेलवाबज्जामा भारत्तोलनको हल निर्माण गर्ने र धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्ने बताउनुभयो ।
    ग्रामिण भेगलाई बिस्तारै स्कुल स्तर देखि नै खेलाडी उन्पादन गर्ने बर्दिया जिल्ला क्षेत्र नं १ का सांसद तथा लुम्विुनी प्रदेश सभा सदस्य भुनेश्वर चौधरीले बताउनु भयो । बजार क्षेत्रमा बढि भन्द बढि बिद्यार्थीहरु पढाईमा ध्यान दिने र प्राइभेट स्कुलमा पढाइ गर्दा खेलमा कम समय दिने गर्छन जसको करण ग्रामिण भेगको गाँउबाटै खेलाडी उत्पादन गर्ने सांसद चौधरीले बताउनुभयो ।


    बिद्याथीहरुलाई सानै उमेरमा पढाईसँगै खेलमा रुचि राख्ने वातावरण स्कुल स्तर देखिनै मानिसक विकास गर्नु पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बेलवाबज्जाका प्राध्यापक मुकुन्द प्रसाद पौडेलले बताउनुभयो । स्कुल स्तर देखि बिद्यार्थीहरुलाई पढाइ जस्तै खेलमा पनि स्थानिय, प्रदेश र केन्द्रीय सरकारले लगानी गरेर खेल सामाग्री उपलबध गराउन जरुरी रहेको प्रध्यापक पौडेलले बताउनुभयो ।
    बिद्यार्थी खेलाडीहरु एक जोडी सामाग्रीबाट मात्र अभ्यास गर्ने गरेका हुन्छन । तसर्थ खेल सामाग्री पनि उपलब्ध गराउनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । तिनिहरुको मेहनत र सफलता देखेर भारोत्तोलन संघका सल्हाकार तथा प्रथम भारत्तोलन ओलम्पियन सुरेन्द्र हमालले एक थान भारत्तोलनको सामाग्री आफ्नो लगानीमा खरीद गरी बिद्यालयलाई उपलब्ध गराएका हुन् । कार्यक्रममा बर्दिया जिल्ला भारत्तोलन संघका अध्यक्ष कुलाराम थारु लगायत स्थानीय सरकारका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने वातावरण तथा सामुदायिक विकास केन्द्रको आयोजनामा कार्यक्रम भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology