(Wednesday 28th of October 2026)
`

जानकीमा पालिकास्तरिय अध्यक्ष कप प्रतियोगिता

  • सगरमाथा गन्तब्य
  • 17.4K
    SHARES

    नेपालगन्ज ०८ चैत्र- जानकीमा आइतवारदेखि पालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा पालिकास्तरिय १३ औं राष्ट्रपति तथा बिद्यालय स्तरिय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको हो । जानकी गाउँपालिका वडा नम्बर–३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितामा विभिन्न बिधाका १७ वटा खेलकुद समावेश गरिएको पालिकाले जनाएको छ । पालिका भित्र रहेका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी विभिन्न ३६ वटा विद्यालयका छात्र र छात्रा गरी ३ सय ५८ जना विद्यार्थीहरुले भाग लिएको आयोजकले जनाएको छ । आइतबारदेखि शुरु भएको खेलकुद प्रतियोगिता १० गतेसम्म चल्नेछ । प्रतियोगिताको शुरुवातमा सहभागी बिभिन्न बिद्यालयका विद्यार्थीहरुले मार्चपास गरेर खेलकुदको उद्घाटन सत्रमा प्रस्तुत गरेका थिए ।


    प्रतियोगिताको आइतबार एक समारोहबीच लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतमले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद गौतमले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि पढाइ मात्र नभएर शारीरिक र मानसिक बिकासका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । शारिर तन्दुरुष्टको लागि खेलकुद अनिवार्य भएको भन्दै उहाँले पढाईसंगै खेलकुदलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । पढाईका साथसाथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा जोड दिन उहाँले आग्रह गर्नुभयो । विद्यार्थी जिवनबाटै खेलकुदलाई निरन्तरता दिन उहाँले जानकारी गराउनुभएको थियो ।
    उद्घाटन समारोहमा जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, गाउँपालिका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, स्थानिय विद्यालयका शिक्षक, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology