हरिशंकर शर्मा,
वीरगन्ज ९पर्सा०, ८ चैत । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा केही दिनदेखि दोश्रो चरणको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकोले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
नेपाल–भारत खुल्ला सीमा भएको कारण भारतबाट सर्वसाधारणहरुको सहजै आवागमन हुने भएकाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सक डा। उदयनारायण सिंहले सुझाव दिएका हुन् । विगत एक वर्षदेखि बन्द रहेको सीमालाई औपचारिक रुपमा खोल्नका लागि विभिन्न निकायबाट दबाब परिरहेको अवस्थामा भारतको महाराष्ट्र, पञ्जाब, केरला, राजस्थान लगायतका प्रान्तहरुमा तीब्र रुपमा बढिरहेको संक्रमण महामारीले खुल्ला सिमानाको कारण भोलिका दिनमा पुनः त्यही अवस्थामा वीरगन्ज पनि जाने हो कि रु भन्ने चिन्ता पनि रहेको उनको भनाइ छ ।
सीमा बन्द रहेको कारण नेपालको राजस्व संकलनलगायत होटल व्यसाय, पर्यटन व्यवसाय तथा उद्योग व्यापारमा प्रत्यक्ष रुपमा असर परिरहेको छ । तर, सीमा खोल्ने हो भने गत वर्षको साउन महिनामा भोगेको तीतो अनुभव पुनः भोग्न पर्ने अवस्था आउन सक्ने भएकाले सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ ।
भारतमा केही सातायता दैनिक १५ देखि २० हजारको हराहारीमा कोरोना संक्रमित थपिरहेका छन् । त्यसैले भारतसँग खुला सीमा जोडिएका कारण वीरगन्जसहितका नेपालका सीमावर्ती शहर र जिल्लाहरुमा विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु अत्यन्त जरुरी रहेको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जका सचिवसमेत रहेका डा।सिंहको भनाइ छ ।\ यता वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले कोरोना संक्रमणको चुनौतीलाई स्वीकार्दै नेपाल–भारत सीमालाई औपचारिक रुपमा खोल्नुपर्ने बताएका छन् । उनले कोरोनाकै कारण विगत एक वर्षदेखि बन्द रहेको नेपाल–भारत सीमानाको कारण उद्योग, व्यापार, पर्यटन तथा नेपाल सरकारको राजस्व समेत प्रभाव परेको हुनाले भारतको केही प्रान्तमा फैलिरहेको कोरोनाको कारण विहारसँग जोडिएको सीमा नाकालाई बन्द राख्नुको औचित्य नरहेको बताए ।
उनका अनुसार नेपालको सीमा भारतको विहार राज्यसँग जोडिएको छ र विहारमा हालसम्म कोरोनाको संक्रमण नफैलिएको तर, त्यहाँ भोलिका दिनमा फैलिन सक्दैन भन्ने अवस्था पनि नरहेकोले भारतले कोरोनालाई स्वीकार्दै सीमा खोलेको कारण स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै सीमा नाकालाई खोल्नुपर्ने बताए ।
सीमा बन्द रहेपनि मानिसहरुको आवागमन जारी नै छ, चारपाँग्रे गाडीहरु आउन सकेको छैन, कोरोना सर्ने मानिसबाट हो, सवारीबाट होइन, त्यसैले सीमा बन्द राख्नु नै कोरोना रोकथामको विकल्प नरहेकोले औपचारिक रुपमा सीमा नाका खोलिनुपर्ने उनको भनाइ छ । यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले नेपाल–भारत सीमा नाका खोल्नेबारे मन्त्रालय स्तरमा छलफल भइरहेकोले नेपाल सरकारले गरेको निर्णयलाई आफूहरुले पालना गर्ने बताए ।
उनले भने, ‘सीमा बन्द रहेको कारण मुलुकको विभिन्न क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परेको सर्बविदित्तै रहेकोले सीमा खोल्नका लागि सीसीएमसीले मन्त्रालयलयमा सिफारिस गरिरहेको छ । यसबारे मन्त्रालयमा हुने निर्णयलाई पालना गर्दै सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाइने छ ।’
भारतको कोलकता र मुम्बईबाट हालै वीरगन्जमा आएका तीन जनामा गम्भीर प्रकारको कोरोना संक्रमणको लक्षण देखिएको छ । तिनीहरुलाई चेकजाँचको लागि पठाइएको बताउँदै प्रजिअ तामाङले नजिकिँदै गरेको होली पर्व मनाउन भारतबाट नेपालस्थित घर फर्कनेहरुको संख्यामा बृद्धि हुनसक्ने भएकोले मास्क र सामाजिक भौतिक दूरीको नियमलाई कडाईका साथ पालना गर्नुपर्ने बताए । नेपाल–भारत सीमा नाका औपचारिक रुपमा खोल्नेबारे चौतर्फी दबाब आइरहेको बेला नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्ज विज्ञप्ति नै जारी गरि छिमेकी मुलक भारतमा कोरोना संक्रमण फेरि तीब्र रुपमा फैलिरहेकोले नेपालका सीमावर्ती सहर र जिल्लामा पुनः संक्रमण भित्रिने जोखिम रहेको जनाएको छ । भारतमा संक्रमण बढिरहँदा खुला सीमा जोडिएको वीरगन्जलगायत क्षेत्रमा सर्वसाधरणले स्वास्थ्य सतर्कतामा लापरवाही गरिरहेको देखिएकोले भयावहको अवस्था पूर्वानुमान गर्दै सर्वसाधरण साथै राज्यका निकायलाई सावधानी र सतकर्ता अपनाउन आग्रह गरेको छ । गत वर्षको चैत १० देखि वीरगन्ज सहितका नाकामा बन्द रहेको भारतीय निजी सवारीको आवागमन खुल्ला गर्न विहीबार नै उच्चस्तरीय केन्द्रीय कोभिड १९ व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले नेपाल सरकारलाई सिफारिस गरिसकेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी गत वर्षको चैत १० गतेदेखि बन्द गरिएको वीरगन्जसहितका स्थल नाकाहरुमा मानिस र मालबाहक सवारी साधनको आवागमन सूचारु रहेपनि भारतीय निजी सवारी साधनलाई भने नेपाल भित्रिन रोक नै लगाइएको छ । न्युज२४ बाट
